arrow

बस दुर्घटनामा २४ घाइते, ४ गम्भीर

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
accident-final.jpeg

धनगढी । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस बिहीबार बिहान भीमदत्त राजमार्गअन्तर्गत पर्ने डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । 

कैलालीस्थित क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट झण्डै १०० मिटर तल भीरमा उक्त बस खसेर भएको दुर्घटनामा परी घाइते भएकामध्ये चार जनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ । 

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ