arrow

न्याय माग्न निर्मलाका बाबुआमा प्रहरीबाटै लुक्न वाध्य

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
nirmala-babu-aama.jpg

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि हत्यारालाई कार्वाही गर्न माग गर्दै आएका उनका बाबुआमा यज्ञराज र दुर्गादेवी न्यायको ढोका ढक्ढक्याउन काठमाडौंमा रहेका छन् । 

उनीहरु काठमाडौंमा सुरक्षित भने छैनन् । उनीहरुले प्रहरीबाट असुरक्षित हुनुपरेको बताएका छन् । निर्मलाका बाबु यज्ञराजले भने, ‘प्रहरीबाटै लुकिछिपी बस्नु परिरहेको छ ।’

निर्मलाको हत्या भएको घटना प्रहरी प्रशासनबाट निकै नजिक रहेर पनि कञ्चनपुर प्रहरीले वास्ता गरेको थिएन । साउन १० गते निर्मलाको शव फेला परेको थियो । 

५० दिन भइसक्यो हत्यारा पत्ता लागेको छैन । छोरीका बलात्कारी र हत्यारा पत्ता लगाइ सरकारले कार्वाही नगरेसम्म अब काठमाडौं नछाड्ने मनस्थिति बनाएर उनीहरु काठमाडौं आएका हुन् । 

तर काठमाडौं उनीहरुसमेत असुरक्षित महसुस गर्न थालेका छन् । कञ्चनपुरमै रहँदा प्रहरीले निर्मला हत्याको जाहेरीसमेत लिन मानेको थिएन । 
 
निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न मागसमेत गरेका छन् । 

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन् ।

आफूहरु पनि छानबिनको घेरामा परेपछि प्रहरीबाट निर्मलाका बाबुआमाले असुरक्षित महसुस गर्नु स्वभाविकै हो । 

के निर्मलाका बाबुआमाले न्याय पाउलान् ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ