arrow

कांग्रेसको केन्द्रीय टोली चीन प्रस्थान

किन बोलायो चीनले काँग्रेसको केन्द्रीय टोलीलाई ? 

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
NC_CHINA.jpg

काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाली कांग्रेसको केन्द्रीय टोली गएराती चीन गएको छ। कांग्रेस नेता तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजालको नेतृत्वको १४ सदस्यीय टोली चीन प्रस्थान गरेको हो। 

आउदो असोज दुई गते सम्म हुने कार्यक्रममा सहभागी भएर कांग्रेसको टोली चार गते नेपाल फर्किने भ्रमण तालिका रहेको छ। 

टोलीमा कांग्रेस नेताहरु किशोरसिं राठौर, सरिता प्रसाई, लक्ष्मी परियार, प्रकाश रसाइली, अमरसिंह पुन, रामबहादुर विष्ट, देवप्रसाद तिमिल्सीना, लक्ष्मी क्षेत्री पाण्डे, गणेश मण्डल, बलदेव तिमिल्सनाल गायत रहेका छन्। 

नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई धेरै बोलाउने गरेको चिनियाँ कम्युनिष्ट पार्टीले यस पटक अनुभव आदान प्रदान र मित्रता बढाउन नेपाली कांग्रेसका नेताहरुलाई बोलाएको हो।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गतको विदेश विभागले निमन्त्रणा गरेर चीन गएका कांग्रेसका नेताहरुसँग उनीहरुले पार्टी निर्माण तथा सञ्चालन र समसामयीक विषयमा छलफल गर्ने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ