arrow

सुडानको पहाडी इलाकामा पहिरो, बीसको मृत्यु

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
south-darfur-sudan.jpeg

खार्तुम। सुडानको युद्धग्रस्त क्षेत्र डार्फरको पहाडी इलाकामा भारी वर्षापछि गएको पहिरोमा परी कम्तीमा २० जनाको मृत्यु भएको एक विद्रोही समूहले बुधबार जानकारी दिएको छ। गत सेप्टेम्बर ७ मा डार्फरको जेबेल मार्रा क्षेत्रको पहाडी इलाकामा ठुल्ठूला ढुङ्गासहितको पहिरो झरेका कारण घरहरु पुरिएका र अरु कैयौं व्यक्ति पुरिएको आशङ्का गरिएको छ।

डार्फरको जेबेल मर्रा क्षेत्र विद्रोही समूह ‘सुडान लिबरेसन आर्मी–अब्दुल वाहिद (एसएलए–एडब्लू)’ को नियन्त्रणमा रहेको छ। सोही कारण त्यहाँबाट स्वतन्त्र रुपमा सूचना प्राप्त गर्न पनि कठिन भएको अधिकारीहरुले बताएका छन्।

शुरा परिषद्का महासचिव अमिन महमुद ओस्मानले खुला आकाशमुनि बस्न बाध्य मानिसहरुका लागि आश्रयस्थल उपलब्ध गराउन र हराइरहेका मानिसको खोजी गर्न राष्ट्रसङ्घ, गैर सरकारी संस्था एवं सुडान सरकार समक्ष आग्रह गरे।

सीमान्तकृत समुदायलाई बेवास्ता गरिएको आरोपमा सन् २००३ बाट डार्फरमा सुडान सरकारको विरोधमा विद्रोह सुरु भएको थियो। संयुक्त राष्ट्रसङ्घका अनुसार सुडानमा जारी पछिल्लो द्वन्द्वका कारण तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ। त्यसैगरी यस द्वन्द्वमा परी २५ लाखभन्दा बढी व्यक्ति विस्थापित भएका छन्। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ