arrow

काम गर्न थाले जाेशी, ईजलाशमा फर्किएको ४१औँ दिनमा गरे ३ मुद्दाको सुनुवाई

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
deepak_joshi.jpg

काठमाडौं। संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीले मुद्दा हेर्न थालेका छन्। संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएपछि विदामा बसेका जोशी ४१औं दिनमा पुनः मुद्दा हेर्न पुगेका हुन् । 

अदालतमा हाजिर भएको पहिलो दिन उनले पेशी पाएनन् । विहिबार उनले तीन वटा सुनुवाई गरेका छन् । उनका लागि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले एकल ईजलाश तोकि दिए । एक नम्बर ईजलाश नै उनको थियो । 

उनको ईजलाशमा उच्च अदालत दिपायललाई विपक्षी बनाई आएको उत्प्रेषण, मन्त्रिपरिषद, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाई परेको उत्प्रेषण र उपभोक्ता हित संरक्षण मञ्च नेपालको तर्फबाट विष्णुप्रसाद तिमिल्सनाले मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयविरुद्ध हालेको उत्पेषणमाथि सुनुवाई भयो । 

आफू अस्वीकृत भएपछि न्यायसम्पादनमा असर नपुगोस् भनेर विदामा बसेको बताउने बरिष्ठ न्यायाधीश जोशीले नै प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पदभार ग्रहण गर्न सर्वोच्च पुग्दा स्वागत गरेका थिए। भोलिपल्ट उनी सर्वोच्चमा हाजिर भए। जोशीले मुद्दाको सुनुवाई समेत गरिसकेका छन्, उनी नियमित काममा फर्किएका छन् , 

नियुक्तिको रोलक्रम अनुसार मिश्र जोशी भन्दा पछि थिए। रोलक्रममा आफूभन्दा पछि रहेका मिश्र नेतृत्वमा पुगेपनि जोशी नियमित काममा फर्किन तयार भए। पहिलो दिन मंगलबार र बुधबार उनलाई पेसी दिइएन । विहिबार तीन वटा पेशी तोकियो ।

जोशीले आफू संसदीय सुनुवाईबाट अस्वीकृत भए पनि उनी न्यायाधीशका लागि अयोग्य नभएको संसदीय सुनुवाइका संयोजक लक्ष्मणलाल कर्णले बताएका छन् I

संविधानविद पूर्णमान शाक्यले पनि उनले न्यायाधीशको रूपमा काम गर्न सक्ने बताएका छन् ।

गएको साउन १८ गते जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकृत गरेको थियो। १९ गते शनिबार थियो । २० साउन आइतबारदेखि लागू हुने गरी जोशी १५ दिन विदामा बसे। १५ दिने विदा सकिएपछि उनले वर्षभरी भैपरी आउने विदाबाट कट्टा हुनेगरी विदा लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ