arrow

उपप्रधानमन्त्री पोखरेलसँग कोरियाली राजदूतको भेटवार्ता

logo
प्रकाशित २०७५ भदौ २८ बिहिबार
pokhrel-meet-korean-ambassador.jpg

काठमाडौं। उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क योङ सीकले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।

भेटमा नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध, सरकारका कार्ययोजना, आर्थिक विकास, दुई मुलुकबीचको सैन्य तालीम तथा सहकार्य एवं प्रविधि हस्तान्तरण लगायतका विषयमा उहाँहरुबीच छलफल भएको थियो।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले सैन्य क्षेत्रको सदृढीकरणका लागि दुई देशबीच सम्पन्न भएका सम्झौता शीघ्र कार्यान्वयनमा ल्याउने विश्वास व्यक्त गर्दै गोलीगठ्ठा उत्पादन गर्न प्लान्ट जडान गर्ने सन्दर्भमा सरकार सकारात्मक रहेको बताए।

राजनीतिक परिवर्तनले यसमा केही बिलम्व भएको उल्लेख गर्दै उनले यसको अवधारणा आफैँमा राम्रो रहेको र यो साझा सरोकारको विषय रहेको बुझिदिन पनि आग्रह गरे।

उपप्रधानमन्त्री पोखरेलले कोरियाली सेनाले नेपालमा हाई अल्टिच्युड माउण्टेन वारफेयर ट्रेनिङ लिने गरिरहेको बताउँदै भविष्यमा पनि यसलाई निरन्तरता दिइने धारणा व्यक्त गरे।

नेपालको आर्थिक सहयोगका क्षेत्रमा कोरियाद्वारा राम्रो योगदान हुँदै आएको बताउँदै उनले सैन्य क्षेत्रमा प्राविधिक सहयोगको अपेक्षासमेत गरे।राजदूत पार्कले नेपाल र कोरियाबीचको सम्बन्ध सुदृढ गर्दै सैन्य क्षेत्रमा दुई देशबीच भइरहेको तालीमको आदानप्रदानले दुवै देश लाभान्वित भएको बताए।

भविष्यमा पनि यसप्रकारको तालीमको आदानप्रदान निरन्तर हुने विश्वास व्यक्त गर्दै उनले नेपाली सेनाका लागि आवश्यक पर्ने गोलीगठ्ठा उत्पादन गर्ने प्लान्ट स्थापना गर्न चालिएको प्रक्रिया अगाडि बढिसकेको सन्दर्भमा केही बिलम्व भएको भन्दै यसमा रक्षामन्त्रीबाट थप पहलको अपेक्षा गरे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ