arrow

यौनहिंश्रक बचाउन सांसदकै घरमा कचहरि 

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
Rape.jpg.jpeg

रौतहट । रौतहटको गढिमाई नगरपालिका ३ मा १२ वर्षकी बालिकालाई बलात्कार गर्नेलाई बचाउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको रहस्य खुलेको छ । 

सांसद अब्दुल कलाम आजाद फुलबाबुले पीडित पक्षलाई राखेर मिलापत्र गर्नका लागि दिएको दवाव असफल भएपछि यो घटना बाहिर आएको हो । सांसद आजादले एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको पीडित परिवारले जनाएको छ । 

बालिकालाई ५५ वर्षका सहमद अन्सारीले बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित परिवारका अनुसार सांसद आलमले उजुरी नदिन धम्क्याएर चार दिनसम्म पञ्चायत राखेका थिए ।

बलात्कारका आरोपी अन्सारीबाट १ लाख ७० हजार लिएर १ लाख २० हजार पीडित परिवारलाई दिने र ५० हजार पञ्चायत बसेका सदस्यले बाँडेर खाने योजना बनेको थियो । 

पीडित परिवारले प्रहरीमा उजुरी दिएको छ । उजुरीपछि प्रहरीले अन्सारीलाई पक्राउ गरेको छ । गत २० भदौमा घरमा कोही नभएको मौका छोपी अन्सारीले बलात्कार गरेको उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ