arrow

हुम्लामा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष शाहीको मनकारी काम, पारिश्रमिकको रकमबाट विद्यार्थीलाई पोशाक

logo
जनक बहादुर शाही।
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
kannajung-shahi-humla.jpg

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमकोट देखि ३२ कोष टाढा पर्ने सर्केगार्ड गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कन्नजङ शाहीले आफनो पारिश्रमिकको रकमबाट वडा भित्रका रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लगि पोशाकमा सहयोग गर्ने घोषणा गरेका छन्।

सदरमुकाम सिमकोटमा पत्रकार सम्मेलन गरी साबिकको गोठी गाविस तथा हालको सर्केगाड ५ मा रहेका ४ वटा विद्यालयमा अध्ययन गर्ने न्यून आयस्रोत भएका बर्गका विद्यार्थीहरुलाई राहत मिल्ने गरि पोशाक वितरण गर्ने बताएका हुन्। १ निम्न माध्यामिक बिद्यालय र ३ वटा प्राथमिक बिद्यालय गरी आफ्नो क्षेत्रमा रहेका ४ वटा विद्यालयका २ सय २० जना विद्यार्थीहरुलाई पोशाक लागि सहयोग गर्ने र गरिब, जेहेन्दार, न्यून आयस्रोत भएका विद्यार्थीहरुको सहयोगका लागि ५० हजार रकम बराबरको हर्कमुनी अक्षयकोषको स्थापना गर्ने उनले जानकारी दिए। अहिले आफनै वडाबाट सुरुवात गरेको छु भबिष्यमा गाउँपालिकास्तर सम्म सहयोग गर्ने लक्ष्य रहेको वडा अध्यक्ष शाहीले बताए ।

शाहीले पाउने सेवा सुबिधा मासिक १९ हजारले वार्षिक तलब २ लाख २८ हजार हुने र सोही सेवा सुबिधाबाट पहिलो बर्ष एक जना विद्यार्थीलाई ८ सय बराबरको विद्यालय पोशाक किन्ने  र ५० हजारको अक्षयकोषको स्थापना गर्ने भएकाले पहिलो वर्षको सेवा सुबिधा विद्यालयको अक्षयकोषमा खर्च हुने भएको छ।

आगामी वर्षबाट वार्षिक सेवा सुबिधाको २० प्रतिशतले हुने आउने ४५ हजार ६ सय अक्षय कोषमा थप्दै जाने र कोषको रकमबाट गाउँपालिका भरिका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने लक्ष्य वडा अध्यक्ष शाहीको छ । नेपाली कांग्रेसबाट स्थानीय तहमा जनप्रतिनीधी विजय भएकोले पार्टीलाई बाँकी १० प्रतिशत पारिश्रामिक सहयोग गर्ने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ