arrow

निर्मला हत्या प्रकरणमा झुठो बोल्ने प्रधानमन्त्री ओली र प्रचण्डले माफी माग्नुपर्छ – रमेश लेखक

‘प्रचण्डको मानसिक दरिद्रताप्रति दया जाग्यो’

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
ramesh-lekhak.gif.gif

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी माग्नुपर्ने बताएका छन् । 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रसङ्गमा प्रधानमन्त्री ओलीले झुठो बोलेको भन्दै नेता लेखकले माफी माग्नुपर्ने बताएका हुन् । 

सामाजिक संजाल फेसबुकमा नेता लेखकले लेखेका छन् –‘निर्मला पन्त बहिनीको बलात्कार र हत्या प्रसङ्गमा झुठो बोल्ने सम्माननीय प्रधानमन्त्री केपी ओली र महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने षड्यन्त्र हो कि भन्ने पूर्वप्रधानमन्त्री माननीय प्रचण्डले सार्वजनिक रूपमा माफी माग्नु पर्छ ।’

काँग्रेस नेता लेखकले लेखेका छन्, ‘पूर्व प्रम कमरेड प्रचण्डसंग मैले १२ वर्ष यता शान्ति प्रक्रियादेखि नजिकवाट काम पनि गरें उहाँकाप्रति सम्मान पनि थियो । निर्मलाको बलात्कार र हत्याको अपराधी खोज्न असफल सरकारका नायक प्रचण्डका सार्वजनिक रूपले महिला हिंसा सरकार र पार्टीलाई असफल गर्ने नियोजित कार्य वा षड्यन्त्र हुन् कि भन्ने जस्ता अभिव्यक्ति सुन्दा उहाँको मानसिक दरिद्रताप्रति दया जाग्यो ।’

ओली र प्रचण्डका अभिव्यक्तिको अहिले देशभर आलोचना भइरहेको छ । ओलीले निर्मला हत्याकाण्डमा राजनीति भएको भनेका थिए भने प्रचण्डले पार्टी र सरकारलाई झुकाउन यस्ता खाले घटना नियोजित रुपमा गराइएको बताएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ