arrow

दक्षिण कोरियाले  दुई अर्ब ६० करोड डलरमा जासुसी लडाकू विमान किन्दै

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
fighter-plane-spy.jpg

वासिङ्टन। संयुक्तराज्य अमेरिकाले बिहीबार दक्षिण कोरियालाई बिक्री गर्न लागेको दुई अर्ब ६० करोड डलरमा नयाँ लडाकू विमान र क्षेप्यास्त्र बिक्रीलाई स्वीकृति प्रदान गरेको छ। प्रतिसुरक्षा सहयोग एजेन्सीले एक वक्तव्यमा दक्षिण कोरियालाई छ वटा पोसीडान नामक लडाकू बिमान दुई अर्ब १० करोड डलरमा बिक्री गर्न लागिएको छ। साथै, करिब ५० करोड १० लाख मूल्यमा ६४ वटा प्याट्रिओट क्षेप्यास्त्र र त्यससँग सम्बन्धित अन्य उपकरण बिक्री गर्न स्वीकृति दिइएको छ।

अमेरिकी कांग्रेसले उक्त सौदाबाजीमा विमती जनाउन वा रद्द गर्न सक्दछ तर सिओल र वासिङ्टनबीचको प्रगाढ सम्बन्धका कारण यस सम्झौतामा कुनै परिवर्तन हुने सम्भावना छैन।

पी–८ए सिरिजको बोइङले निर्माण गरेका यी लडाकू जहाजहरु खासगरी जासुसी र हवाई प्रत्याक्रमणमा प्रयोग हुनेछन्। उत्तर कोरिया र अमेरिकाबीच वार्ताको सिलसिला जारी रहेकै अवस्थामा हुन लागेको यो सौदाबाजीले उत्तर कोरियामाथि दबाब सिर्जना गर्ने अनुमान गरिएको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ