arrow

मिनीबस दुर्घटनामा १७ जनाको मृत्यु १९ घाइते

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
kasmir-accident-2018.jpg

भारत, श्रीनगर। भारतको काश्मिर राज्यमा शुक्रबार भएको मिनीबस दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका छन्। पहाडी चिप्लो बाटोमा यात्रुहरु लिएर गइरहेको मिनीबस गहिरो खोचमा झरेको प्रहरीले जनाएको छ।

प्रान्तीय राजधानी श्रीनगरबाट २ सय १७ किलोमिटर दक्षिणको किसत्वार जिल्लामा सो दुर्घटना भएको थियो। घटनास्थलबाट १७ जनाको शव निकालिएको र १९ जानलाई घाइते अवस्थामा अस्पताल लगिएको उपप्रहरी निरीक्षक अंग्रेज सिंह रानाले जानकारी दिएका छन्।

प्रहरीको एक समूह र विपद् नियन्त्रण बलका सदस्यहरु उद्धारमा खटिएका थिए। दुर्घटनाको कारण तत्काल प्रष्ट नभएको र अनुसन्धान भइरहेको जानकारी दिइएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ