arrow

३५ हजार मजदूर कार्यरत विमानस्थलमा अश्रुग्यास प्रहार

logo
प्रकाशित २०७५ भदौ २९ शुक्रबार
istanbul-airport-new.jpg

इस्तानबुल। टर्कीको सुरक्षाफौजले स्तानबुलस्थित एउटा नयाँ विमानस्थलमा शुक्रबार अश्रुग्यास प्रहार गरेको छ। मजदूरहरुले जोखिमपूर्ण काम गरिरहेकै समय अश्रुग्यास प्रहार गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। टर्कीका राष्ट्रपति रिसेप तायीप एर्डोगानको महत्वकांक्षी योजनाका रुपमा रहेको सो विमानस्थलमा अर्को महिनादेखि व्यवसायिक सेवा सुरु गर्ने तयारी गरिएको छ।

आउँदो अक्टोबरमा काम सम्पन्न गर्नेगरी अहिले सो विमानस्थलमा द्रूत गतिका काम भइरहेको छ। इस्तानबुलको ब्ल्याक सी क्षेत्रमा सो विमानस्थल अहिले निर्माणाधिन अवस्थामा रहेको छ। अहिले झण्डै ३५ हजार मजदूरहरुले काम गरिरहेको बताइएको छ। कामको सिलसिलामा ठूलो सङ्ख्यामा मजदूरहरुको मृत्यु भएको पनि समाचारमा जनाइएको छ।

कामको अवस्थालाई लिएर हजारौँ मजदूरहरूले विरोध प्रदर्शन गरेपछि अश्रुग्यास प्रहार गरिएको निजी क्षेत्रको समाचार संस्था डीएचएले जनाएको छ। यस नयाँ विमानस्थलबाट प्रतिबर्ष करिब नौ करोड हवाइ यात्रुले सेवा पाउने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन्। सन् २०२३ देखि भने त्यो संख्या बढेर १३ करोड पुग्ने अनुमान गरिएको छ।

राष्ट्रपति एर्डोगानले राष्ट्रपतीय निर्वाचनको केही दिन अगाडी गत जुनमा यस योजनाको प्रचार प्रसारका लागि आफ्नो विमान अवतरण गराएका थिए। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ