सिमा अतिक्रमण रोक्न नेपाल भारत सुरक्षाकर्मी परिचालन
अंगद यादव,
प्रकाशित २०७५ भदौ ३० शनिबार
281
Shares
परासी। नवलपरासी पश्चिमको सिमा सुरक्षाका लागि नेपाल र भारतीय सुरक्षाकर्मी द्वारा संयुक्त गस्ती सम्पन्न गरेका छन्। सिमा क्षेत्रमा भैरहेको चोरी तस्करी, मानव बेचविखन, अपराधिक क्रियाकलापलाई नियन्त्रण गर्नका लागि सशस्त्र सिमा सुरक्षा बल गूठी प्रसौनी र भारयीय एसएसबी झलनिपुरले दसगजसमा संयुक्तरूपमा गस्ती गरेका हुन।
बीओपी गूठी परसौनीका शसस्त्र प्रहरी नायक निरिक्षक विश्वजित खवासको नेतृवमा रहेको गस्ती टोली र सशस्त्र सिमा सुरक्षा बल एस।एस।बी झुलनीपुरको शसस्त्र प्रहरी निरिक्षक रमेश कुमार ग्वालाको नेतृवको संयुक्त गस्ती टोलीले सिमा स्तम्भ संख्या ५०० देखी स्तम्भ संख्या ४९९ सम्म संयुक्त गस्ती गरिएको शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।
सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरुले सिमामा क्षेत्रमा गस्तीको क्रममा सिमा स्तम्भको अवस्था सिमा अतिक्रमण, सिमानाका वरपर लगाएका उखु र सिमाको छेउमा बसेको बसिन्दाबाट सुरक्षाको दृष्टिकोणले समस्याको बारे छलफल समेत भएको जानकारी गराएका थिए।
संयुक्त गस्ती टोलीमा सशस्त्र प्रहरी गूठी प्रसौनीबाट ७ जना, सशस्त्र सिमा सुरक्षा बल एसएसबीबाट ८ जना र भारतिय प्रहरी चौकीबाट दुई जना सुरक्षाकर्मी १७ जनाको संयुक्त सहभागीता रहेको थियो।
खुल्ला सिमानाका कारण लागू औषधी ओसारपोसार अनेक प्रकारका सामानहरुको चोरी तस्करी विभिन्न अपराधिक क्रियाकलापप न्युनिकरण गर्न सिमा क्षेत्रमा संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी नायक निरिक्षक विश्वजित खबाँसले बताएका छन।