arrow

फ्लोरेन्स आँधीमा परी कम्तीमा पाँच जनाको मृत्यु, सयौं फसे 

६ लाख घरमा बिजुली गयो 

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
24.jpg

काठमाडौं । अमेरिकामा आएको फ्लोरेन्स समुद्री आँधीमा परेर कम्तीमा चार जनाको मृत्यु भएको छ । 

पूर्वी तटीय क्षेत्रमा आएको उक्त आँधीका कारण त्यहाँका ६ लाख घरमा विद्युत् सेवा अबरुद्ध भएको छ ।  विद्यु्त् आपूर्ति नियमित गर्न कम्तीमा एक हप्तासम्म लाग्ने अनुमान गरिएको छ ।

उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झन्डै १७ लाख व्यक्तिलाई पाँच दिनअघि देखि नै सुरक्षित स्थानमा जान निर्देशन दिइएसंगै हताहती हुनेको संख्यामा कमी ल्याउन सफल भएको स्थानीय अधिकारीले जनाएका छन् । 

यति हुँदाहुँदै पनि कयौं मानिस प्रभावित क्षेत्रमै फसेका छन् । फसेकाहरुलाई उद्दारको प्रयास भइरहेको छ । 

जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ । सुरुवातमा १९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधी अहिले ११० किलोमिटरको रफ्तारमा झरेको छ । 

तर भीषण वर्षाका कारण उद्दारमा भने कठिनाइ भएको छ । 

A tree is poictured on top of a house in Wilson, North Carolina

Super Typhoon Mangkhut rips the roof off a building in Pasuquin, Ilocos Norte.

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ