arrow

बज्रबाराहीमा गजुर किन छैन ?, हेर्नुस्–अचम्मको कथन  

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ भदौ ३० शनिबार
bajrabarahi.jpg

काठमाडौं । उपत्यकामा बाराही देवीस्थलहरु चारवटा छन् । चारतिर चार बाराही । उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिमा धुमबाराही र दक्षिणमा बज्रबाराही । त्यही मध्येको बज्रबाराही, बाराह को स्त्रीलिङ्गी रुप हो । 

बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ । यसको पूर्वतिर झरुवारासी, बडीखेल, दक्षिणतिर लेले, श्चिमतिर पागाल नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो छन् । देवीको वेदिका प्राङ्गणको माझमा निर्मित पश्चिमाभिमूखि मन्दिरको भुईमा बनाइएको छ ।

अहिले  नयाँ तीन वटा मूर्तिहरु प्रस्थापित भइसकेका छन् । वेदिकानिरको सानो जलकुण्ड अहिलेसम्म कायम छ । वेदिकाको दायाँ बाँया काठमा कुँदिएका वा चित्रित देवीका केही मूर्तिहरु अझै प्रष्ट देखिन्छन् । बज्रबाराही उपवनको पश्चिमतिर बाटो छेउमा एक दुइटा सत्तल, धर्मशाला, (भजनकुटी) छन् । नजिकै बज्रबाराही माध्यमिक विद्यालय छ । यो उपवनको दक्षिण पश्चिमी छेउमा तत्कालीन श्री ५ को सरकारबाट सञ्चालित आयुर्वेद औषधालय समेत छ । 

सयौँ वर्षदेखि घना जंगलमा रहेकी ‘देवी’को मन्दिर स्थापना बारेको कथन
सयौँ वर्षदेखि घना वनभित्र विराजमान देवीप्रति श्रद्धा दर्शाएर पाटनका राजा श्रीनिवास मल्ल (ने.सं.७८१-८०५) ले मन्दिर निमार्ण गरिदिएको जनबोली छ । प्रचलित किंवदन्ती अनुसार राजा श्रीनिवास मल्लले एक रात सपनामा आफ्नो दरबार (पाटन मंगलबजारस्थित पुरानो राजदरबार) को मुलचोकमा अष्टमातृका देवीहरु आफ्ना गणहरुसहित नाचिरहेको देखे ।

यस्तो सपनाबारे उनले बज्रचार्य कुलपाद र राजोपाध्याय मधुसूदनसित सरल्लाह गरेको बताइन्छ । उनीहरुको सुझाव अनुसार राजाले अष्टमातृकाको नृत्य बर्षैपिच्छे नवरात्रिभर नचाउने व्यवस्था गरे । त्यही सपनापछि राजा श्रीनिवासले अष्टमातृका मन्दिर अर्थात् यो बज्रबाराही देवीको मूर्ति स्थापना, मन्दिर निर्माण गरेको र जात्रा चलाएको कथन छ।

मन्दिरमा गजुर किन छैन ? 
स्थानीय सवित देशारका अनुसार यो मन्दिरमा वर्षको दुई पटक जात्रा हुन्छ । त्यो पनि तिथि अनुसार । अरु मन्दिर अगाडि साँडे राखिएको हुन्छ भने यो मन्दिरमा राँगा राखिएको छ । गाउँमा गाई वस्तु व्यायो भने पहिलो दुध मन्दिरमा चढाउनुपर्ने मान्यता अहिले पनि छ । मन्दिर वरीपरी ९ ओटा शव राख्ने ठाउँ छ । त्यो पनि एकले अर्को जातकोमा राख्न पाइँदैन । नियम सबैले पालना गर्छन् । आ–आफ्नो तोकिएको ठाउँ चिनेर मात्रै शव राखिन्छ । 

देशारका अनुसार यो मन्दिरमा प्राय नेवारी भोज हुन्छ । अर्को महत्वपूर्ण कुरा, यो मन्दिरमा गजुर छैन । गजुरको बारेमा उनी यसो भन्छन्,  ‘एक जना ठेंचोमी (ठेंचो निवासी) भक्त आशानारायण महर्जनले यो मन्दिरमा गजुर चढाउने विचार गर्दा सपनामा मन्दिर चुलिदै चुलिदै आकाशतिर, अनन्ततिर पुगिरहेको देखे । र, उनले मन्दिरमा गजुर राख्ने विचार पूर्णरुपमा अत्य गरिदिए ।’

बज्रबाराही देवीको मन्दिरमा गजुर नभएकै कारणले यो ठाउँमा मानापाथी भर्दा वा माना पाथीको हिसाब गर्दा झुसी भर्न नहुने परम्परा कायमै छ । अहिलेको मुलुकी देवानी संहितामा पनि ठूली पाथी र सानी पाथीबारे उल्लेख छ ।बज्रबाराही बाहेक काठमाडौंमा रहेको मरुगणेश (अशोक विनायक)को मन्दिरमा पनि गजुर राख्न नहुने मान्यता छ । 

मन्दिर अगाडि राँगा

मूर्ति राष्ट्रिय संग्रहालयमा  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ