arrow

प्रधानमन्त्री ओलीको गृहजिल्लामा सुरक्षा चुनौती बढ्यो, प्रहरी प्रमुख भन्छन् –साधन स्रोतको अभाव छ 

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ भदौ ३० शनिबार
nagarik-sunuwai.jpg

झापा । चाडपर्ब नजिकिँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा सुरक्षा चुनौती थपिएको छ । चुनौती थपिँदा नागरिकसंग सहकार्य गर्न शनिबार इलाका प्रहरी कार्यालय गौरादहमा नागरिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको छ ।

इलाका प्रहरि कार्यालय दमकको सहजिकरणमा आयोजित कार्यक्रममा दमक प्रहरी प्रमुख प्रायब उपरीक्षक श्यामलकुमार सुब्बाले नागरिकले राखेका सुझाब संकलन तथा जिज्ञासाको जबाफ दिएका थिए । 

चाडपर्व नजिकिँदै जाँदा थप सुरक्षा चुनौती थपिने र हालसालै भएका  घटनामा लागुपदार्थ तथा दुर्ब्यसनमा लागेका ब्यक्तिहरु नै सम्लग्न रहेको पाइएकोले त्यस्ता कार्यलार्इ दुरुत्साहन गर्ने तथा रोकथाम गर्ने उपायको बारेमा छलफल केन्द्रीत रहेको  थियो । 

छलफल कार्यक्रममा अधिकांश जागरिकले गौरादह क्षेत्र र गौरिगन्ज भारतको सीमाना नजिक रहेकोले खुल्ला नाकाका कारण निर्बाध रुपमा भारतीयहरु नेपाल प्रवेश गर्ने र यहाँको अवस्थाको बारेमा बुझी आपराधिक कृयाकलाप गर्ने हबको रुपमा अपराधीहरुले प्रयोग गर्दै आएकोले भारतीय नम्बर प्लेट पर्योग गरी भित्रिने सबारी साधनको रेकर्ड राखिन आवश्यक रहेको तथा कुन कामका लागि आएको हो भन्ने कुरा स्पस्ट खुलाइ सीमा प्रबेश स्थलमै कडाइ गर्नु आबस्यक रहेको जानकारि गराए ।

जिज्ञासाको जबाफ दिँदै दमक प्रहरी प्रमुख सुब्बाले सुरक्षाका लागि प्रहरी हरु हरतरह लागिपरेको र मुख्य समस्या आवश्यक दरबन्दी र सबारी साधनको कमी भएकोले चुस्त दुरुस्त तबरले सुरक्षा  प्रदान गर्नमा कठिनाइ आइपरेको जानकारी गराएका छन् ।

इलाका प्रहरी कार्यालय  गौरादह परिसरमा आयोजित कार्यक्रमको सभापतित्व ज्येष्ठ नागरिक मञ्च गौरादहका अध्यक्ष गोपाल काफ्लेले गरेको उक्त कार्यक्रममा इलाका प्रहरी कार्यालय प्रमुख प्रसानि विनोद  श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ