arrow

नेकपाका नेताहरु घनश्याम, योगेश र रविन्द्रहरु निर्मलाको न्यायको लागि जालान माइतीघर ?

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
Ghanashyam-rabindra-yogesh.jpg

काठमाडौं। देश वलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मलाको न्यायको लागि जति चिन्तित छ सरकारप्रति त्यतिकै आक्रोशित पनि। 

सरकारका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको गैरजिम्मेवार अभिव्यक्तिले आम सर्वसाधारणमा आक्रोश बढाएको छ। उनकै साथ लागेर बोल्न आएका नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि सरकारलाई असफल बनाउने गरि षडयन्त्र स्वरुप निर्मला हत्याकाण्ड र अन्य महिला हिंसाका कुरा उचालिएको हुनसक्ने भन्दै अभिव्यक्ति दिए।

नेकपाकै प्रदेश नम्वर ७ का नेता भीम रावलले पनि निर्मलाका लागि भएको आन्दोलन कांग्रेसले चलाएको भन्दै यो प्रकरणलाई राजनीतिक रंग दिने प्रयास गरे। तर यि कुनै पनि अभिव्यक्तिको पक्षमा जनता उभिएनन, बरु उल्टै उनीहरुकै उछितो जनताले काढेकै छन्। 

जनता निर्मलाले न्याय पाउनुपर्ने पक्षमा उभिएका छन्। उनीहरुले देशले भरोसा गर्ने राजनीतिक दलका नेताहरुबाट न्यायकोलागि पहल गरेको कुरा हेर्न र सुन्न चाहिरहेका छन्। स्वतस्फूर्त रुपमा नागरिकहरु सडकमा उत्रिरहेका छन्। रहस्यकै गर्भमा राख्न प्रयास भइरहेको निर्मला हत्या प्रकरणमा अनुसन्धान प्रभावकारी बनाउन माग पनि गरिरहेका छन्। तर यसलाई राजनीतिक रंग दिने प्रयास संगठित रुपमा नेकपाका नेतृत्व तहबाट भइरहेको छ। यो बीचमा उनीहरुका दोस्रो तहका नेताहरु पनि मौनप्राय छन्। 

Image may contain: 4 people, people standing and text

बलात्कार, जघन्य अपराध र भीषण सामाजिक विकृति अन्त्यका लागि राजनैतिक आग्रह माथी उठेर सोच्न र जुझ्न जरुरी रहेको बुझाइ भइरहँदा आम नागरिकका आशा र भरोसा रहेका नेताहरु एक ठाउँमा उभिनु पर्ने माग पनि छ।

यहि बीचमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक ट्वीट गरि नेकपाका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई र रविन्द्र अधिकारीहरुलाई निर्मलाको न्यायको लागि सँगै उभिन अपिल गरेका छन्। उनले भनेका छन, ' कमरेडहरु आउनोस् आज खुला आकाशमुनी मण्डलामा भेटौं। भरे भोलिनै फेरि बसौं र केही मुभ गरौं स्वस्थ समाज विकासका लागि। ' 

उनले भनेका छन, ' निर्मलाका मातापितासँग आज माइतीघर मण्डलामा भेटेपछी हामीलाई हाम्रो कर्तव्यको तत्वज्ञान मिल्नेछ। एउटी छोरीका लागि न्याय खोजौं अनि यस्तो विसंगति अन्त्यका लागि केही भिन्न सोचौं ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ