arrow

नेकपाको समायोजन भाका दशैंभित्र, प्रचण्डको नयाँ रणनीति

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
pmprachandadahal.jpeg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबीचको समायोजन दशैंभित्र सकिने बताएका छन् । 

जेठ ३ गते भएको पार्टी एकताको एक महिनामै स्थानीय तहदेखि केन्द्रसम्म समायोजन सकिने भनी निर्णय गरेको नेकपाभित्र आपसी असमझदारी बढेसंगै प्रक्रिया लम्बिएको छ । 

त्यसपछि समायोजनका लागि समिति बने पनि त्यसले प्रतिवेदन बुझाउनै सकेन । साउन २४ को मिति भदौ ५ गते सर्यो । 

त्यसयता बसेको बैठकले यसको सबै जिम्मा प्रचण्ड र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दियो । 

यी दुईलाई दिनुको मतलव समय लम्बिने निश्चित छ । किनकि प्रचण्ड सत्तायात्रा सहज बनाउन छिमेकी राष्ट्रहरुको भ्रमणमा छन् । 

भारत गएर फर्केका प्रचण्ड शनिबार चीन लागेका छन् । उनको यो बेमौसमको यात्रा केवल व्यक्तिगत स्वार्थका लागि भएको भन्दै आलोचना पनि बढेको छ । 

भारतबाट सत्तायात्राका लागि हरियो झण्डा देखाइएको बुझिएको छ । अब चीनबाट पनि त्यो आशिर्वाद पाउन पाए उनी अबको प्रधानमन्त्री बन्ने निश्चित छ । 

दुवै देशको सहमति पाएपछि उनी एकाएक पार्टीभित्र पनि बलियो बन्नेछन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसंग बोल्दै प्रचण्डले भनेका थिए –चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा जान लागेकाले पार्टी सुदृढिकरण र सम्बन्ध विस्तारका कुराहरु प्राथमिकतामा रहने छन् । 

नेकपा एकीकरणका लागि चीनले खेलेको भूमिका अहम् भएकाले पनि चीनको विशेष भूमिका हुन्छ । यही भूमिकालाई अब समायोजनमा पनि लगाउने योजनामा प्रचण्ड देखिएका छन् । 

पार्टी एकीकरणका बेलामा अहम् भूमिका खेलेका तत्कालीन एमालेका नेताहरुलाई माइनस गरेको भन्दै प्रचण्ड केही पछि त परेका छन् तर विदेशको शक्तिलाई जहिले पनि प्राथमिकता दिने बानी परेकाले होला प्रचण्ड निकै ढुक्क देखिन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ