arrow

निर्मलाको न्यायका लागि काठमाडौँमा विशाल प्रर्दशन

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
risi-rabi1.JPG

काठमाडौं । निर्मला पन्तलाई न्यायको माग गर्दै शनिबार देशभर प्रदर्शन भएको छ । देशका विभिन्न ठाउँमा फरक–फरक समयमा प्रदर्शन गरिएको हो । केही ठाउँमा बिहानैदेखि प्रदर्शन भए । काठमाडौंमा दिउँसो १ बजेदेखि प्रदर्शन भयो । 
प्रदर्शनमा सहभागिहरुले सरकारलाई दोषी पत्ता लगाउन दबाब दिए ।

उनीहरुले निर्मलाको तस्वीर बोक्नुका साथै #JusticForNirmala , #RageAgainstRape लगायतका प्लेकार्डहरु देखाए । माइतीघर मण्डलाबाट निस्केको र्‍याली बानेश्वरमा आएर धर्नामा परिणत भएको थियो । जुन धर्नामा पत्रकार ऋषि धमला र रविलामिछाने संगै देखिए । 

घटना भएकाे ५१ं दिन बितिसक्दा समेत दोषी पत्ता लाग्न सकेको छैन । उल्टै अनुसन्धानमा खटिएका प्रहरीले नै प्रमाणहरु नष्ट गरेका खबर दैनिक आइरहेका छन् । गृहमन्त्री रामबहादुर थापाले घटनाका दोषी छिट्टै पत्ता लगाई कारबाही गर्ने भनेका छन् । तर, अनुसन्धानमा प्रगति भएको छैन । 

न्याय माग्न निर्मलाबा बुबा आमा यज्ञराज र दुर्गादेवी काठमाडौं आएका छन् ।  आफूहरु न्यायको खोजीमा राजधानी आएको उनीहरुले प्रतिक्रिया दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ