arrow

इराकी संसदमा इरान निकट सभामुख

logo
प्रकाशित २०७५ भदौ ३० शनिबार
iraq-speaker-halbusi.jpg

बग्दाद, इराक। इराकी संसदले शनिबार इरान निकटस्थ मानिने उम्मेदवारलाई सभामुखका रूपमा चयन गरेको छ। यसले नयाँ सरकारमा इरान निकटस्थ मानिने सुन्नी समुदायको मतलाई आकर्षित गर्ने रणनीतिका रूपमा विश्लेषण गरिएको छ।

सुन्नीहरूको बाहुल्यता रहेको अनबर प्रान्तको गभर्नरका रूपमा काम गरिसकेका  मोहम्मद अल हलबुसी सभामुखमा निर्वाचित भएका छन्। अनबर इस्लामिक स्टेट समूहको एक प्रमुख प्रभाव क्षेत्र हो। अल–हलबुसी अनबर क्षेत्रबाट गत मे महिनामा भएको संसदीय निर्वाचनमा सांसद निर्वाचित भएका थिए।

इराकमा सरकारमा प्रशासनिक सन्तुलन मिलाउनका लागि सुन्नी अरब क्षेत्रबाट सभामुख, सिया समुदायको बाहुल्यता रहेको क्षेत्रबाट प्रधानमन्त्री र कुर्द समुदायको बाहुल्यता रहेको क्षेत्रबाट राष्ट्रपति छान्ने गरिन्छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ