arrow

नागरिक दमनमा उत्रिंदै ओली, कार्यकर्तालाई अरिंगाल जस्तै खनिन निर्देशन

'हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ?’

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं । सरकारको उपस्थिति र कार्यशैलीबारे नागरिक नै आन्दोलित भएका बेला सत्ताधारी पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली थप असहिष्णु बन्न थालेका छन् । 

गल्ती कमिकमजोरी सच्याउनुको साटो उनले उल्टै सरकारविरुद्धका प्रहारविरुद्ध प्रतिकार गर्न उर्दी दिएका छन् । पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।  तत्कालीन माओवादी नेता पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसको कार्यक्रममा ओलीले पार्टी कार्यकर्तामाथि आक्रोश पोखे । सुरुमा दिवंगत नेता बोगटी र मदन भण्डारीको मार्गमा पार्टीलाई हिँडाउने बताएका उनले पछि आक्रोश पोखेका हुन् । 

ओलीले सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि प्रतिवाद नगरेकोमा पार्टीका नेता–कार्यकर्ताप्रति आक्रोश पोख्दै अब अरिंगाल जस्तै एकजुट भएर प्रतिवाद गर्नुस्, भने । उनले भने, ‘एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ?’ । अब त्यो हामीले हेर्नुपर्ने भएको छ, उनले अगाडि थपे, ‘एउटा अरिंगाललाई मार्दा त्यसलाई मार्यो ठिकै छ, अर्कोलाई हमला गर्यो ठीकै छ भन्ने कि एकजुट भएर प्रतिवाद गर्ने ?’

प्रधानमन्त्री ओलीले आफ्नै देशका नागरिक आन्दोलित भएको देखेनन् । देशी विदेशी प्रतिक्रियावादीले पार्टी र सरकारविरुद्ध निरन्तर हमला गरिरहेका छन् भने । उनकै पार्टीभित्र पनि आन्दोलन सुरु भएको त उनले छोपछाप पारिनै रहेका छन् । उनको यो रबैया हेर्दा नागरिक आन्दोलनलाई बेवास्ता मात्रै नभई शक्तिको दुरूपयाेग गरी दबाउन खोजेको देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ