arrow

चीनतर्फ बढ्यो फिलिपिन्सको म्याङ्खुट आँधी, कम्तीमा १४ को मृत्यु, ५० लाख प्रभावित

४२ ठाउँमा सडक सम्पर्क टुट्यो, गाउँमा के भा’छ पत्तो छैन

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
philippines-hurricane1.jpg

काठमाडौं । फिलिपिन्समा आएको म्याङ्खुट नामक शक्तिशाली आँधीका कारण ५० लाख मानिस प्रभावित भएका छन् । फिलिपिन्सको उत्तरी क्षेत्रमा विध्वंश मच्याएको आँधीले अहिलेसम्म कम्तीमा १४ जनाको ज्यान लिइसकेको छ । एक लाख भन्दा बढी मानिसलाई अस्थायी शिविरमा राखिएको छ । 

सडक अवरुद्ध हुनुका साथै ग्रामिण भेगसंगको सम्पर्क टुटेका कारण मृतकहरु निकै नै धेरै भएको हुन सक्ने अनुमान गरिएको छ । सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या भएको छ । 

झण्डै चार दर्जन स्थानमा पहिरो गएको बताइएको छ । लुजोन द्विपलाई तहसनहस बनाएपछि म्याङ्खुट आँधी अब दक्षिणी चीनतर्फ अघि बढेको छ ।

हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । १ सय ८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीका कारण कमजोर संरचनाहरु ध्वस्त भएका छन् ।

मौसमविद्हरुले भारी बर्षा अझै केही दिन रहनसक्ने भएकाले सर्वसाधारणलाई सचेत हुन अपिल गरेका छन् ।

चीनमा पनि सचेतना अपनाउन थालिएको छ । 

Residents drive through flooded streets with debris

A woman cries recounting her experience during typhoon

Family inside of a government tent

 

Predict path of Typhoon Mangkhut which will make landfallA resident of a fishing village in Hong Kong tapes up her windows

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ