arrow

प्रेस युनियन उदयपुरमा पर्शुरामको अध्यक्षतामा नयाँ नेतृत्व, सबै स्थानीय तहमा तदर्थ समिति

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
press-union-udayapur.jpg

उदयपुर। नेपाल प्रेस युनियन उदयपुरको पाँचौ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिवार उदयपुरको पर्यटकीय स्थल रौतामाई गाउँपालिका ६ रौतापोखरीमा सम्पन्न अधिवेशनले पर्शुराम थापाको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । 

सर्वसहमतिको आधारमा चयन गरिएको नयाँ नेतृत्वको वरिष्ठ उपाध्यक्षमा बिष्णुदेव चौधरी, महिला उपाध्यक्ष जयन्तीकला तामाङ, सह सचिव एशोधा पोख्रेल, कोषाध्यक्ष शंकरबहादुर रिखाम मगर रहेका छन् । 

त्यसैगरी सदस्यहरुमा खेमराद दाहाल, कुमार मोते, भास्कर चौधरी, डिएन चौधरी, चित्र कुमार कार्की, सुमन सागर खतिवडा, कमल कुमार कार्की रहेका छन् । 

त्यसैगरी जिल्लाको चार नगरपालिका र चार गाउँपालिकाबाट प्रतिनिधित्व हुने गरी त्रियुगा नगरपालिकाबाट मिथुन ठाकुर, चौदण्डीगढी राजेन्द्र राई, वेलका पदम खड्का, कटारी अस्मित पौडेल, रौतामाई गाउँपालिकाबाट विणा मगर, लिम्चुङबुङ गाउँपालिकाबाट सरोज निरौला,ताप्ली गाँउपालिकाबाट सुशीला मगर र उदपुरगढी गाउँपालिकबाट चित्र मगर सदस्यमा निर्वाचित भएका छन् । 

अधिवेशनले ९ केन्द्रीय प्रतिनिधि चयन गरेको छ। केन्द्रीय प्रतिनिधिहरुमा गोपाल पोख्रेल, भक्तिविलास पोख्रेल, श्याम राई, केदार कटुवाल, केदारनाथ कोइराला, डिल्लीराम खतिवडा, विश्वराज तामाङ, जयन्ती तामाङ र विदुर खड्का रहेका छन् । 

त्यसैगरी प्रदेश प्रतिनिधितर्फ केदार थापा, राजेन्द्र राई, भास्कर चौधरी, सरोज निरौला, पदम खड्का, मनोज श्रेष्ठ, अजयकुमार साह, कमल कुमार कार्की, किरणप्रसाद ढुंगाना, नवराज पौडेल, परमिला विश्वकर्मा र राजेश खतिवडा रहेका छन् ।
 
नेपाल प्रेस युनियन उदयपुरको पाँचौ जिल्ला अधिवेशनले जिल्लाको आठ वटै स्थानीय  तहमा स्थानीय तह स्तरीय नेपाल प्रेस युनियन तदर्थ समिति गठन गरेको छ । गठित समिति अन्तर्गत त्रियुगा नगरपालिका संयोजक मिथुन ठाकर सदस्यहरु गोपाल कृति, उपेश मल्ल ठकुरी, मनोज श्रेष्ठ, संगीता वाणिया, विजय राई रहेका छन् । 

त्यसैगरी चौदण्डीगढी नगरपालिका स्तरीय समितिको संयोजकमा राजेन्द्र राई (दुष्ट) सह–संयोजक अभिनास राई सदस्यहरु जीवन राई, खम्वसिंह कार्की, परमिला विश्वकर्मा, राजेश खतिवडा र रमिला बस्नेत रहेका छन् । 

वेलका नगरपालिका स्तरीय समितिको संयोजकमा पदम खड्का सदस्यहरुमा शुसिल खुलाल थापा, सुमन सागर खतिवडा, ध्रव कोइराला, सरद कोइराला रहेका छन् कटारी नगरपालिकाका संयोजकमा अस्मित पौडेल चयन गरिएको छ । 

त्यसैगरी उदयपुगढी गाउँपालिका संयोजक चित्र मगर, लिम्चुङबुङ गाँउपालिका संयोजक सरोज निरौला सदस्य सुनसेर राई, ताप्ली गाउँपालिका संयोजक शुसिला मगर सदस्य ठविन्द्र मगर र रौतामाई गाउँपालिका संयोजक विणा मगरलाई तोकिएको छ । 

प्रेस युनियन उदयपुरका अध्यक्ष गोपाल पोख्रेलको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि नेपाल प्रेस युनियन केन्द्रीय  सदस्य अवधेश झाको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा युनियन केन्द्रीय सदस्य नविन राई, युनियन उदयपुरका संस्थापक अध्यक्ष भक्तिविलास पोख्रेल, नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष भोटराज राई, बरिष्ठ पत्रकार केदारनाथ कोइराला, ट्रेड युनियन कांग्रेस स्वतन्त्रका अध्यक्ष केदार कटुवाल, फोटो पत्रकार संघ उदयपुरका अध्यक्ष गजेन्द्र राई लगायतले अधिवेशन सफलतको शुभकामना दिएका थिए । 

प्रेस युनियन उदयपुरको अधिवेशनको बन्दशत्रले उदयपुरको धार्मिक तथा पर्यटकीय महत्व बोेकेको रौता पर्यटन विकासको लागि सडक पूर्वाधार विकास अति आवश्यक रहेकाले संबन्धित सरोकारवालालाई ध्याकर्षण गराउने प्रस्ताव पारित गरेको छ । 

युनियन उदयपुरको अधिवेशनले पछिल्लो समय साईब्रर क्राईमको नाममा पत्रकारहरुलाई कार्यस्थलबाटै नियन्त्रणमा लिईने कार्यको विरोध गर्दै मुलुकी संहिता संसोधनको माग राखेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ