arrow

अपांगता भएकाहरु भत्ता पाउनबाट वञ्चित 

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
pm-office-and-council-of-ministries.jpeg

काठमाडौं । अपांगता भएकाहरु भत्ता पाउनबाट वञ्चित भएका छन् । नयाँ कानुन आएपछि अति अशक्तले मात्र भत्ता पाउने भएपछि धेरैजसो अपांगता भएकाहरु भत्ता पाउनबाट वञ्चित भएका हुन् । 

विभिन्न दवावबीच पनि सरकारले अपांगता भएकाहरुको पीडा बुझन् नसकेको गुनासो बढिरहेको छ । यसैबीच भोजराज श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई भेटी सामाजिक सुरक्षाको सम्बन्ध गर्न बनेको विधेयकको दफा ८ मा अपाङ्गता भएका व्यक्तिमध्ये पूर्ण अशक्तलाई सामाजिक सुरक्षा भत्ता दिने ब्यबस्थालार्इ संशोधन गरि पहिले देखिनै दिइंँदै आएको अति अशक्त अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता नकटाउन र अपाङ्गता भएका बेरोजगारी भत्ताको समेत ब्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

मन्त्री पंडितले यो छलफलको क्रममा भएकाले अझै समय रहेको हुंदा नआत्तिन आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ