arrow

भाइरल भयो भुटानी पूर्वप्रधानमन्त्रीले श्रीमती बोकेको यो तस्वीर 

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
viral-bhutan-x-pm.jpg

काठमाडौं । जब प्रेम बाहिर पोखिन थाल्छ तब त्यो चिज कि त नकारात्मक कि त सकारात्मक तरिकाले भाइरल भइदिन्छ । भुटानका पूर्व प्रधानमन्त्री छिरिङ तोब्गेले हालै आफ्नी पत्नी बोकेको तस्वीर एकाएक भाइरल भइदियो । 

तोब्गेले ट्वीटरमार्फत उक्त तस्वीर ट्वीट गरे । हिंड्दाहिंड्दै अप्ठेरो बाटोमा श्रीमती बोकेको तस्वीर जब पोष्ट गरे तब भाइरल भइदियो । 

पूर्वप्रधानमन्त्री तोब्गेले फोटो शेयर गर्दै लेखे, ‘सर वाल्टर रालेघजस्तो साहसी त छैन तर पनि मैले त्यो काम गरेँ, जुन हरेक पुरुषले आफ्नी पत्नीको खुट्टा सफा राख्न गर्छ ।’

त्यसपछि के चाहियो र तोब्गेको खुवै तारिफ भइरहेको छ । तर पत्नी बोकेको फोटो पोष्ट गर्दैमा संसारै जितेजस्तो गर्नुपर्ने पक्कै थिएन । 

जेहोस् जसरी बेलायती कवि सर वाल्टर रालेघको नाम जोडेर तोब्गेले लेखे तब साहित्यअनुरागीहरु नपग्लिने कुरै भएन ।  

रालेघले महारानी एलिजाबेथ प्रथम हिँड्ने बाटोमा हिलो भएपछि आफ्नो ओभरकोट फुकालेर बाटोमा ओछ्याइदिएको सुन्नमा आउँछ । 

नेपालका प्रधानमन्त्रीहरु भइदिएको भए आफ्ना सुरक्षा गार्डलाई बोकाउँथे होला । यसै विषयमा चर्को आलोचना पनि हुने गर्छ । पानी पर्दा छाता पनि अर्कैले ओढाइदिनुपर्छ । 

तोब्गेको यो तस्वीरले नेपाली नेतालाई पनि ज्ञान दियो कि !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ