arrow

आँधीका कारण फिलिपिन्समा २८ को मृत्यु

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
philippines-stromg.jpg

मनिला/वासिङटन। फिलिपिन्सको उत्तरी क्षेत्र र अमेरिकाको क्यारोलिना क्षेत्रमा आएको आँधीका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ। शक्तिशाली ‘माङ्खुट’ आँधीबाट फिलिपिन्समा मात्रै मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय अधिकारीहरुले आइतबार जनाएका छन्। फिलिपिन्सको उत्तरी क्षेत्रमा पर्ने लुजोन आइल्याण्डमा आँधीबाट सबैभन्दा बढी जनधनको क्षति भएको छ।

राष्ट्रपतिका राजनीतिक सल्लाहकार फ्रान्सीस टोलेन्टीनोले स्थानीय एक रेडियोलाई दिएको अन्तर्वार्तामा कोर्डिलेरा प्रशासनिक क्षेत्रमा २०, नुएभा भिजाय प्रान्तमा चार जना र इलोकोज क्षेत्रमा एक जनाको मृत्यु भएको जानकारी दिए। थप अरु केहीको पनि मृत्यु भएको हुन सक्ने उनले आशंका गरे।

मृत्यु भएका मध्ये बागुओ सहरका एउटै परिवारका छजना भएको बताइएको छ। उनीहरुको घर भत्किएर मृत्यु भएको समाचारमा जनाइएको छ। आँधीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ। यस आँधीबाट फिलिपिन्समा मात्र ४० लाखभन्दा बढीलाई प्रभावित पार्ने देखिएको छ। आँधीले रुखहरु उखेलेको, घरका छाना उडाएको, झ्यालहरु फुटाएको र लुजोनका धेरै ठाउँमा पहिरो र बाढी आएको छ।
आँधीपछि त्यो क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ। हजारौँ मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। सामुद्रिक र हवाइ यात्रामा रोक लगाइएको छ भने विद्यालयहरू बन्द गरिएका छन्।

यो आँधी हाल हङकङ र चीनको पूर्वी भेगमा प्रवेश गरेको छ। त्यसैगरी अमेरिकाको क्यालिफोर्नियामा फ्लोरेन्स नाम दिइएको वर्षासहितको आँधीका कारण आइतबारसम्म कम्तीमा १३ जनाको मृत्यु भएको छ। आँधीले अमेरिकाको उत्तरी तथा दक्षिणी क्यारोलिनामा भौतिक संरचनामा पनि ठूलो क्षति पुगेको अधिकारीहरुले बताएका छन्।

हावाहुरीले थुपै रुखहरु ढालेको छ भने घरहरु भत्काएको छ। आँधीका कारण धेरै ठाउँ जलमग्न भएका कारण सञ्चार तथा विद्युत सेवा विच्छेद भएको छ। मृत्यु भएका मध्ये दुई जना आमा र बच्चा समेत रहेका छन्। उनीहरुलाई रुख ढलेर उनीहरुकै घरमा च्यापेको थियो। घरमा आगलागी समेत भएको थियो।

दक्षिण क्यारोलिनाको ह्याम्स्टेडमा एक महिलाको हृदयघात भएर मृत्यु भएको छ। आँधी आएपछि हृदयाघात भएकी उनलाई घरबाट उद्धार गर्न समेत कठिनाइ भएको बताइएको छ। स्थानीय हजारौं स्थानीय बासिन्दालाई सुरक्षित शिविरहरुमा लगिएको छ भने दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्।

मौसम अधिकारीहरुले हावाको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन्। उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ