arrow

वीरगन्ज महानगरले एप्स सुरु गरेपछि कार्यालय धाउने बाध्यताको अन्त्य

logo
बिजय चौहान,
प्रकाशित २०७५ भदौ ३१ आइतबार
birjung-metro-apps-1.jpg

वीरगन्ज। सेवा वारे जानकारी र गुनासो गर्न कार्यालय मैं पुग्नै पर्ने बाध्यताको अन्त्य वीरगन्ज महानगरपालिकाले गरेको छ। प्रदेश नं.२ मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाले घर मैं बसी सेवा वारे सम्पुर्ण जानरी सहित गुनासो समेत गर्न सकिने मोबाइल एप्स सुरु गरेपछि सर्वसाधारण कार्यालय पूग्नैं पर्ने बाध्यतमक अवस्थाको अन्त्य भएको हो।

मोबाइलको प्ले स्टोरमा गई वीरगन्ज महानगरपालिका एप्स डाउनलोड गरेपछि कार्यालयकले वितरण गर्ने सम्पूर्ण सेवा, ति सेवा लिन आवस्यक कागजात, उपभोग्ताले सेवा पाउने समय र कार्यालयको अगामी योजना समेत वारे जानकारी घर बसी अब पाउन सकिने छ।

महानगरपालिकाबाट वितरण हुने जन्मदर्ता, मुत्यु दर्ता, नागरिकता सिफारिस, व्यवसाय कर, उद्योग दर्ता, घर बहाल कर लगायतका कामका लागि अवस्यक कागजात वारे घर मैं बसी सेवाग्रहीले मोबाइल एप्सबाटै सहजै जानकारी पाउने वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिषम कुमार भुषाले जानकारी दिए। ‘महानगरपालिकाको सडक वारे वा अन्य सेवा वारे गुनासो गर्नु पर्दा पहिलो कार्यालय मै धाउनु पर्ने र यसका लागि सेवाग्रहीको समय तथा खर्च लग्दै आएकोमा, अब ति, सम्पुर्ण कार्य एप्सबाट गर्नु सकिने’ उनको भनाइ रहेको छ।

मानगरपालिकाले सुरु गरेको एप्स मार्फत सर्वसाधारणले गरेको गुनासोलाई त्तकाल सम्बोधन गर्न सवै वडा अध्यक्ष देखी शाखाका प्रमुखहरुलाई एप्सबाट जोडिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुषालले बताए। उनले महानगरनपालिकाले सुरु गरेको एप्सलाई प्रयोग गरे सेवाग्रहीको सयम र खर्च जोगिने विश्वास व्यक्त गरे।

सुरु गरेको एप्सले कार्यालयको कामजागलाई पार्दशी बनाउनुको साथै कर्मचारीलाई थप जिम्मेवार बनाउन मद्दत पूग्ने अधिकृत भुषालको भनाइ रहेको छ। ‘कार्यालयमा सेवाग्रही आउदा कुनु सेवा कहाबाट पाउने, कुन अधिकारी कता बस्ने जस्ता समस्याको अन्त्यको सुरुवात एप्सबाट भएको’अधिकृत भुषालको भनाई छ। 

मोबाइल एप्लीकेशनबाट आउने गुनासोलाई हेर्न सतिस कुमार चौधरीको नेतृत्वमा  आइटी शाखा नैं गठन गरेको छ। ४.७ ऐभी भारको मात्र एप्स भएकाले डाउनलोड गर्न र प्रयोग गर्न समान्य समार्ट फोनबाट सकिने आइटि शाखाका प्रमुख चौरसियाले जानकारी दिए। उनले आउने दिनमा महानगरपालिकामा बुझाउनु पर्ने करलई समेत एप्स मार्फत तिर्न सकिने व्यवस्थामा आफुहरु लागेको बताए। 

‘प्रतेक व्यक्तिले स्मार्ट फोन प्रयोग गरिरहेको वर्तमान अवस्थामा महानगरपालिकाले सुरु गरेको एप्सले सेवाग्रहीलाई सेवा पाउन सहजता प्रदान गर्ने ’ आईटि प्रमुख चौरसियाको विश्वास रहेको छ। ८० हजार घर धुरी र ४ लाख जन संख्या रहेको वीरगन्ज महानगरपालिकाको ३२ वडा मध्य अधि ग्रामिण परिवेशका रहेको  र गाउबाट महानगरपालिकाका आउन सेवाग्रहीले खेप्दै आएको समस्यालाई एप्सले अन्त्य गर्ने महानगरपालिकाको विश्वास रहेको छ।



नयाँ