arrow

प्रेस युनियन कपिलबस्तुमा भण्डारी 

पत्रकार पौडेल र अर्याल पुरस्कृत

logo
प्रकाशित २०७५ भदौ ३१ आइतबार
press-union-kapilvastu.jpg

कपिलवस्तु। नेपाल प्रेस युनियन कपिलवस्तु शाखाको छैठौ जिल्ला अधिवेशनले गोपाल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समित चयन गरेको छ। कार्यसमितिको उपाध्यक्षमा खग प्रसाद चपाई, समावेशी उपाध्यक्षमा किरणमान बज्रचार्य, सचिवमा मणि प्रसाद गैह्रे, सह सचिवमा कृष्ण गैरे र कोषाध्यक्षमा गुरुदेव पौडेल चयन भएका छन्।  

अधिवेशनको उद्घाटन गर्दै युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता र अधिनायकवाद लाद्न खोजेको सरकार विरुद्ध जनता र पत्रकारले खवरदार गर्ने बताए । डर त्रासमा नरही पत्रकारहरुले कलम चलाउनु पर्ने र लोकतन्त्र र स्वतन्त्राको लागि सधै खवरदारी गर्नुपर्ने बताए।

त्यस्तै पूर्व सिंचाई राज्य मन्त्री सुरेन्द्र राज आर्चायले कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्न खोजेकोल त्यस विरुद्ध जनता र बौद्धिक क्षेत्रका नागरिकहरु लाग्नु पर्ने बताए।

सांसद अभिषेक प्रताप शाहले प्रहरी प्रशासन पार्टी अनुसार चलेको हुँदा जनता त्यस विरुद्ध लाग्नु पर्ने बताए।

कार्यक्रममा युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आर्चाय, प्रदेश सांसद रिना नेपाल , शान्ति सुनार, रुन्दावती शर्मा, पूर्व पार्टी सभापति राजेश आर्चाय, सुधाकर पाण्डेय लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

सो अवसरमा स्वर्गीय गिरिजा प्रसाद कोइराला स्मृति पुरस्कारबाट पत्रकार मनोज पौडेल र स्वर्गिय प्रमेदराज शर्मा पत्रकारित पुरस्कारबाट पत्रकार सरोज अर्याललाई पुरस्कृत गरिएको थियो। कार्य समिति र केन्द्रीय र प्रदेश प्रतिनिधी सहमतिका आधारमा तय गरिने सचिव मणि प्रसाद गैह्रेले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ