arrow

निर्मला हत्या प्रकरण : ‘बल्ल पर्यो माकुरी जालैमा’, अब सेनामाथि पनि अनुसन्धान 

उच्चस्तरीय समिति भन्छ– ‘निर्मलाको घाँटीको कर्ड न्याकेर हत्या, त्यो तालिम प्राप्तले गर्ने सम्भावना बढी’ 

logo
प्रकाशित २०७५ असोज १ सोमबार
nirmala1.JPG

काठमाडौं। निर्मला हत्या प्रकरणमा यसअघि अनौपचारिक रुपमा मुछिएको सेना अब औपचारिक रुपमा मुछिएको छ। गृहमन्त्रालय सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिको प्रारम्भिक प्रतिवेदनले सैनिकमाथि पनि अनुसन्धान थाल्न सुझाव दिएसँगै सेनाको संलग्नताको औपचारिक रहस्योद्घाटना भएको हो । 

उच्चस्तरीय छानविन समितिले निर्मलाका मामातिर पनि औंला सोझ्याएको छ। निर्मलाका आफन्तसम्म पनि जान सकिन्छ भनेको छ, समितिले। घटनास्थलबाट सेनाको २५ नम्बर बाहिनी नजिकै छ। त्यसमा सेनाको संग्नता हुन सक्ने आँकलन समितिले गरेको छ। 

निर्मलाको शव भेटिएको स्थानबाट करिब ३ किलोमिटर दूरीमा सेनाको २५ नम्बर बाहिनी छ। निर्मलाको पोष्टमार्टम रिपोर्टले बलात्कार पछि घाँटीको कर्ड न्याकेर हत्या भएको पुष्टि गरेको छ। समितिले भनेको छ, ‘तालिमप्राप्त व्यक्तिले नै यसरी हत्या गर्ने सम्भावना धेरै रहन्छ। त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गरिनु पर्दछ।’

घटनाको सम्पूर्ण अनुसन्धानको जिम्मेवारी कञ्चनपुर प्रहरीले नै पाएको छ। कञ्चनपुरका प्रहरी प्रमुख कुवेर कडायतले सैनिकदेखि मृतकका आफन्तसम्म विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए। अनुसन्धान र कारबाहीको दायित्व कञ्चनपुर प्रहरीकै भएकाले केन्द्रले अब स्रोत र साधन उपलब्ध गराएर स्थानीय प्रहरीलाई सघाउने छ। प्रहरी प्रधान कार्यालयले यस्तो निर्देशन समेत दिईसकेको केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् । 

गृहमन्त्री रामबहादुर थापालाई मैनाली नेतृत्वको समितिले शनिबार प्रारम्भिक प्रतिवेदन बुझाउनेवित्तिकै दुई डिएसपीसहित पाँच प्रहरी निलम्बनमा परेका छन् । समितिका सदस्यहरु निलम्बनले मात्रै नहुने र सरकारले उदारता किन देखाइरहेको छ, भनि प्रश्न गरिरहेका छन्। यतिसम्म कि कञ्चनपुरको घटनाबारे गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल, प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी प्रमुख सर्वेन्द्र खनाल सबै जानकार छन्। 

शव बुझेको पत्रमा सेनानीको हस्ताक्षर 
तीर्थराज भण्डारी निर्मलाका मामा पर्छन्। शव बुझ्ने देखि दाहासंस्कार गराउनेसम्म मूल भूमिका उनैले खेले। मामा तीर्थराज भण्डारीले मूख्य भूमिका खेलेर १५ लाखमा कुरा मिलाएको भन्दै स्थानीयले प्रदर्शनका क्रममा उनी विरुद्ध नारा समेत लगाएका थिए। त्यो कुराले पनि प्रहरीलाई रिस उठेको हुनुपर्छ। प्रहरीले एक जनाको ज्यान लियो भने, दुई जना अहिले पनि जीवन मरणको दोसाँधमा छन्। 

निर्मला हत्या काण्डको अर्को पाटो खुल्यो ! (शव बुझेकाे पत्रसहित)

भण्डारीले समेत शव बुझ्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। रातारात गराइएको ४ बुँदे सहमतिपत्रमा निर्मलाका आमाहरु दुर्गा र लक्ष्मी सहित उनका बाबु यज्ञराज पन्तले पनि हस्ताक्षर गरेका छन्। निर्मलाका आफन्तको सूचीमा राखेर प्रहरीले १० जनाको हस्ताक्षर लिएको छ।

पदाधिकारीको नाममा, प्रदेश ७ का प्रदेशसभा सदस्य प्रकाश रावल, भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र बहादुर विष्ट, नगरप्रमुख कुमार चन्द, तत्कालिन प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, एसपीबाट निलम्वित डिल्लीराज बिष्ट, एपी विनोदराज श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्ट, नेपाली सेनाका सेनानी विशाल सिंह सहित १३ जनाको हस्ताक्षर छ ।
यही हो त्यो पत्र हेर्नुस् 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ