म्याङ्खुट आँधीले चीनलाई पनि अत्यायो, अहिलेसम्म २ को मृत्यु, फिलिपिन्समा ६४ पुगे
प्रकाशित २०७५ असोज १ सोमबार
516
Shares
काठमाडौं । म्याङ्खुट नामक शक्तिशाली आँधीले चीनलाई पनि अत्याउन थालेको छ । फिलिपिन्समा कम्तीमा ६४ जनाको ज्यान लिइसकेको म्याङ्खुट आँधी हङकङ हुँदै चीन पुगेर अत्याउन थालेको हो ।
अहिलेसम्म २ जनाको मृत्यु भइसकेको चिनियाँ सरकारी मिडियाले जनाएको छ । आँधीले चीनको सबैभन्दा धेरै जनसंख्या भएको ग्वाङडुङ प्रान्तलाई प्रभावित पारेको छ ।