arrow

निर्मलाका बाबु अामाले अाेलीलार्इ भेटे, पाए अाश्वासन मात्रै

प्रतिवद्धता समेत जनाउन कञ्जुस्याँर्इ

logo
प्रकाशित २०७५ असोज १ सोमबार
nirmala2.JPG

काठमाडौँ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा अामाले प्रधानमन्त्री केपी ओलीलार्इ भेटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीले घटनाको ५२ दिनपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

बालुवाटारमा भएको भेटमा निर्मलाका बुबा अामाले राज्यले आफुहरुलाई न्याय दिन नसकेको गुनासो गरेका छन् । भेटमा प्रधानमन्त्री ओलीले घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको भन्दै छिट्टै अपराधी कानुनी कारबाहीमा आउने आश्वासन दिए । अाेलीले प्रतिवद्धता समेत जनाउन कञ्जुस्याँर्इ गरे । 

छोरीको हत्यारा पहिचान गरि आफुहरुलाई न्याय दिलाउन भन्दै र्निमलाका बुबा यज्ञराज र आमा दुर्गादेवी ६ दिनअघि काठमाडौं आएका हुन । उनीहरुले यसअघि गृहमन्त्री रामवहादुर थापा, प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल लगायतसँग यसअघि नै भेट गरिसकेका छन् । सरकारले भने घटनाको बारेमा अनुसन्धान भैरहेको जनाउदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ