arrow

अख्तियार प्रमुखमा सिफारिस घिमिरेविरुद्ध उजुरी नै परेन

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
Nabin_Ghimire_CIAA.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरे भाग्यमानी सावित भएका छन् । उनी विरुद्ध कुनै किसिमको उजुरी नपरेको संसदीय सुनुवाई विशेष समितिले जनाएको छ ।

आयोगको रिक्त रहेको प्रमुख आयुक्तको पदमा संवैधानिक परिषद्को भदौ २० गतेको बैठकले कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई सिफारिस गरेको थियो।

घिमिरेलाई उक्त पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधारसहित सोमबार साँझसम्म उजुरी दिन समितिले आह्वान गरेको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ