arrow

आइटिपीको रोगले गम्भीर बबिनालाई आर्थिक सहयोग 

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ असोज २ मंगलबार
iptp.jpg

गौरादह । गौरादह १ निवासी दिलबहादुर ताजपुरियाकी छोरी बबिनालार्इ आइ टिपी (शरीरमा रगत उत्पादन नहुने) गम्भीर प्रकारको रोगले ग्रस्त पारेको छ । 

कमजोर आर्थिक अवस्था भएका कारण उपचारमा समस्या भएको बेला सहयोगी हातहरूले आथिर्क सहयोग गरिरहेका छन् । 

यसैबीच गौरादह उद्योग बाणिज्य संघका अध्यक्ष सामाजिक ब्यक्तित्व तथा व्यवसायी जीवन राइले बबिनाकै घरमा गइ रु ४०,००० रुपैयाँ  सहयोग रकम जुटाइ हस्तान्तरण  गरेका छन् । 

सहयोगका लागि उनले आफ्नो ब्यक्तिगततर्फ र ब्यक्तिगत पहलमा उक्त रकम जुटाइ हस्तान्तरण गरेका हुन् । उक्त रकममध्ये गौरादह निवासी हाल दुबईमा बस्ने सामाजिक सन्जालमा ‘मरुभुमिको साग वाला’ नामले परिचित ध्यान केसी र उनका साथीहरुले २०,०००, संघीय सांसद महिन्द्रा सुब्बाले आफ्नी छोरी हङकङ निवासी गया राईबाट १०, ०००, कमल गाउँपालिका निवासी सामाजिक राजनितिक ब्यक्तित्व हुकुम सिंह रार्इबाट ५००० र जीवन राईबाट रु ५००० सहयोग रकम जुटाइ बबिनालाई हस्तान्तरण गरिएको थियो । 

सहयोगी मनहरुको सहयोगले नै आफ्नी छोरीलाई बचाउन सकिने पूर्ण आस र भरोसा रहेको भन्दै दिलबहादुरले गहभरि आँसु बनाउँदै धन्यबाद दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ