arrow

‘लिम्पियाधुरा’ नभएको नक्सा शुद्ध भन्दै त्यही प्रयोग गर्न सर्कुलर

बाँसको ढुंग्रामा भएका नक्सा खै ? 

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
limpiya_news.jpg

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले सही नक्सा प्रयोग गर्न सबै मन्त्रालय, आयोग र सचिवालयलाई सर्कुलर गरेसँगै नापी विभागले अनुगमन सुरु गरेको छ । 

नेपाल सरकारको निसान छापमा रहेको नेपालको नक्सामा कालापानी गायब छ । सीमाविद् वुद्धिनारायण श्रेष्ठका अनुसार भारतले निकालेको नक्सा इन्टरनेटमा छ्याप छ्यापति भएको र त्यही नक्सा तानतुन पारेर हाल्ने प्रवृत्तिले यस्तो हुन गएको हो, यो सच्याउन सकिन्छ । 

भूमि व्यवस्था मन्त्रालयका सचिव गोपिनाथ मैनालीले जारी गरेको सर्कुलरमा कार्यालय, कार्यकक्ष, सभाहलमा राखिने नेपालको नक्सा, विभिन्न डेटा, सूचना देखाउन तयार गरिने नक्सा, सभा, गोष्ठी, प्रदर्शनी, भेला, मेला, सेमिनारमा प्रदर्शन गरिने तुल, व्यानरमा राखिने नक्सा अध्ययन, शोध, प्रतिवेदन लगायतमा नापी विभागले वेबसाइटमा उपलब्ध गराएको नक्सा मात्रै स्रोत खुलाएर प्रकाशन अथवा प्रदर्शन गर्न भनिएको छ । 

नापी विभागले आफूहरुसँग भएको नक्सामा कालापानी र लिपुलेक मात्रै रहेको भनिरहेका बेला सीमाविदहरुले महाकाली नदिको उदगम लिम्पयाधुरा भएको र लिम्पियाधुरासहितको नक्सा मन्त्रालय र नापी विभागसँग रहेको दावी गरेका छन् । विभाग महाकाली नदीको उदगमस्थल कालापानी र लिपुलेक भनिरहेको छ । 

सरकारी निसान छापमा रहेको नक्सामा कालापानी गायब भएको भनेर नापी विभागले नै शुद्ध नक्सा आफूसँग रहेको दाबी गरिरहेको थियो । तर, सिंहदरबारमा आगलागि हुँदा बाँसको ढुंग्रोमा रहेका नक्साहरु एकाएक गायब भएकोबारे अहिलेसम्म कसैले बोलेका छैनन् । आगलागिपछि बाँसका ढुंग्राहरु सहीसलामत भेटिए । तर, नक्सा कहाँ गायब गरिए त्यसको कुनै खोजी भएन । पछि मन्त्रालयले अन्य देशमा रहेका म्युजियमबाट सीमाविद्ले किनेर ल्याएका नक्साको प्रतिलिपि माग्यो । यद्यपि, ति प्रतिलिपिबारे पनि मन्त्रालय बेखबर छ । नापी विभाग पनि लिम्पयाधुरासहितको नक्सा छ, भन्ने नै विर्सियो । उसले कालापानी र लिपुलेक भएको नक्सा मात्रै छ, भनिरहेको छ । 

परराष्ट्रमन्त्री र सचिवस्तरीय नेपाल–भारत कार्यदलको बैठक चार वर्षमा एक पटक पनि बस्न सकेन । कुटनीतिक तवरबाट लिम्पियाधुरा नेपाल को वा भारतको नखुट्याई नापी विभागले शुद्ध नक्सा भनेर सर्कुलर गर्नुको अर्थ के हो ? लिम्पियाधुरा नभएको नक्सा शुद्ध हो भन्ने मान्यता स्थापित गर्न खोजेको त होइन । नभए सीमाको समस्या समाधान नभई यो शुद्ध र यो अशुद्धको कुरा किन झिकेको ? 

अहिले कालापानी र लिपुलेक भएको नक्सा शुद्ध हो भन्दै नापी विभाग आफूहरुले दिएको नक्सा प्रयोग गरे नगरेकोबारे अनुगमन गर्न थालेको छ । निसान छापमै गलत नक्सा प्रयोग भएको सम्बन्धमा अनुगमन थालिएको विभागका महानिर्देशक गणेशराज भट्टले जानकारी दिए । अनुगमनका लागि विभागका निर्देशक मग्नु दत्तको संयोजकत्वमा कार्यदल नै बनेको छ । कार्यदललाई १५ दिनको समय दिइएको छ । अनुगमन पछि कार्यदलले प्रतिवेदन बुझाउने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ