arrow

प्रहरी चौकीहरुमा तालिबानको आक्रमण, २७ को मृत्यु 

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
afg11.jpg

काठमाडौं । सोमबार अफगानिस्तानको विभिन्न भागमा रहेका प्रहरी चौकीहरुमा तालिबानले गरेको आक्रमणमा परी २७ प्रहरीको ज्यान गएको छ ।

अफगानिस्तानका अधिकारीहरुले दिएको जानकारीअनुसार तालिबानी लडाकुहरुको समुहले पुश रोड जिल्लामा रहेको चौकीमा आक्रमण गरेका थिए, जहाँ १० जना प्रहरीको ज्यान गएको थियो । 

त्यसैगरी बुलुक जिल्लामा भएको आक्रमणमा ७ जना प्रहरीको ज्यान गएको छ। त्यसका साथै कम्तीमा ३ जना मानिसहरुलाई आतंकवादीले अपहरण गरेको अफगानिस्तानका अधिकारीहरुले बताएका छन् । बुलुक जिल्लामा नै एक ठुलो संघर्षपछि ६ प्रहरीले तालिबान समक्ष आत्मसमर्पण गरेका थिए । 

अफगानिस्तानको फराहमा पनि सोमबार आक्रमण भएको थियो, यो घटनाको भने अहिलेसम्म विवरण आउन सकेको छैन । मुलुकको उत्तर–पश्चिम बादगीस प्रान्तको राजधानी बला–ए–नौ नजिकै भएको आक्रमणमा पनि प्रहरी कमाण्डरसहित पाँच अधिकारीहरुको ज्यान गएको छ । प्रान्तीय गभर्नरका प्रवक्ताले दिएको जानकारीअनुसार यो भीडन्तको क्रममा करिब २२ तालिबान आतंकवादीहरु मारिएका छन् भने १६ जना घाइते भएका छन् । 

तालिबानले अफगानिस्तानको सबै क्षेत्रमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । उक्त ३ क्षेत्रहरु तालिबानको उपस्थिति केही बलियो रहेको क्षेत्र हो र यहाँ बेलाबेलामा उसले प्रहरीचौकीहरुमा आक्रमण गर्ने गरेको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ