arrow

निर्मला हत्याको ५४ दिनमा बल्ल प्रधानमन्त्री ओली बने अभिभावक

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
nirmala-pant-babu-aama-pm-oli.JPG

काठमाडौं । पीडा के हो भन्नेबारे पीडितलाई नै जानकारी हुन्छ । पीडकलाई पीडितको महत्व थाहा हुँदैन । अनुभूति गर्न सक्ने हो भने मात्र थाहा हुन्छ पीडाका बारेमा । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि त्यस्तै भएको छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५४ दिनमा बल्ल थाहा भएको छ कि उनी यो देशका हरेक नागरिकका अभिभावक हुन् । 

उनलाई सोमबार निर्मलाका मातापिताले भेटे । उनीहरुका पीडा सुने । तब मात्र उनको मन एक अभिभावक वा पिताका रुपमा फर्कियो । 

उनले निर्मलाका मातापितालाई भेटेको केही घण्टापछि सामाजिक संजाल ट्वीटरमा लेखे, ‘म पनि निर्मलाको अभिभावक हुँ । यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिंदैन । प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केहि समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ ।’

यत्ति भनाई उनले निर्मला हत्यापछि भनिदिएर शोकाकुल परिवारलाई सान्त्वना दिएका भए सम्भवतः उनी नेतृत्वको सरकारले यतिधेरै आलोचना खेप्नु पर्ने थिएन । 

अन्ततः ओलीले घुँडा टेके । निर्मलाका मातापिता सामु घुँडा टेके । पहिले निर्मलाकाण्डमा ठूलो राजनीति भयो भन्ने ओलीले एकाएक बोले फेरे । प्रहरीले धोका दिएको बताए । 

हत्याकाण्डको पर्दाफास हुन नै बाँकी छ । हत्यारा पत्ता लाग्न नै बाँकी छ । तर देशको अभिभावकले निकै तल्लो स्तरको विश्लेषण गरेर यस्तो सामाजिक विषयमा पनि राजनीतिक रुप दिएर घटनालाई गलत मोडमा लैजान खोज्नुले भने उनको सोच कस्तो रहेछ भन्ने देखाएको छ । 

ओलीसंगै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मुछिएका घटनालाई गलत मोडमा लैजान खोज्नुले भने उनको सोच कस्तो रहेछ भन्ने देखाएको छ । 

ओलीसंगै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि मुछिएका छन् । उनले भनेका थिए –समाजमा व्याप्त बलात्कार, हत्या जस्ता घटना सरकार र नेकपालाई बदनाम गर्न गराइएका सुनियोजित घटनाको आशंका छ ।’

देशको प्रधानमन्त्री र सबैभन्दा ठूलो दलको अध्यक्षले दिएको अभिव्यक्तिले नै समाज सुरक्षित छैन भन्ने स्पष्ट भएको छ । 

साउन ११ गते बलात्कृत भएर मृतक भेटिएकी निर्मलापछिको यो अवधिमा झण्डै दुई सय ५० को संख्यामा बलात्कारका घटना भएका छन् । 

कतिपय घटनाहरु सूचनाको पहुँचको अभावमा बाहिर नआएका हुन सक्छन् । अब सुरक्षा दिन सरकार समर्थ छ वा आफै असुरक्षित महसुस गरिरहेछ ? 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ