arrow

बुढीगंगामा बाल विवाह न्युनिकरण गर्न रणनीति बन्दै

logo
प्रेम रौले,
प्रकाशित २०७५ असोज २ मंगलबार
baal.jpg

बाजुरा । जिल्लाको बुढीगंगा नगपालिकाले पछिल्लो समयमा बाल विवाहले प्रसय पाएको भन्दै उक्त कार्य रोक्नका लागि  रणनीति बनाउन लागेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा नगर स्तरिय बाल संरक्षण समिति १० वटै वडामा बाल वडा संरक्षण समिति गठन गरी बाल विवावह न्युनिकरण गर्नका लागि समितिले बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकायसंग समन्वय गरी  सुझाव संकलन गरी रणनीति तयार गर्न लागेको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

जिल्लामा रहेका गैर सरकारी संस्थाहरुले बाल विवाह न्युनिकरणमा काम गर्दै आएका संस्थाहरुको सुझाव लिई रणनीति तयार गरिने नगर उप प्रमुख तारार खातीले जानकारी दिइन् ।

नगरस्तरमा बाल विवाह न्युनिकरण गर्नका लागि सरोकारबालाहरुको महत्वपुर्ण भुमिका रहेको बताइएको छ ।  केही समय यता बाल विवाह सम्बन्धीका सचेतना तथा अभिमुखिकरण कार्यक्रम संचालन हुन थालेपछि कमी आएको बताइन्छ ।

बाल अधिकार र बाल संरक्षणका विषयमा समेत छलफल भएको थियो । बालबालिकाले पाउनु पर्ने नैसर्गिक अधिका र उनीहरुलाइ उचित संरक्षण हुनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

साथै बुढीगंगा नगरपालिकामा नगर स्तरिय बाल संरक्षण समिति सोमबार गठन गरिएको छ । नगर उप प्रमुख तारा खाती थापाको सयोजकत्वमा १० सदस्यीय संरक्षण समिति गठन गरिएको बुढीगंगा नगरपालिकाले बताएको छ ।

संरक्षण समितिमा शिक्षा शाखा प्रमुख उमेश रेग्मी,स्वास्थ्यबाट दिपक बहादुर शाह,गैससबाट पीसविन बाजुरा, महिला तथा बालबालिका समाज कल्याण शाख सदस्य रहने गरी १० सदस्यीय नगर स्तरिय बाल संरक्षण समिति गठन गरिएको हो ।

यसैगरी प्रत्येक वडाका वडा अध्यक्ष संयोजक रहने गरी वडास्तरिरय बाल संक्षरण समिति समेत गठन भएको बुढीगंगा नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत  उमेशराज रेग्मीले बताएका छन् ।

नगरपालिकाका प्रमुख ,उप प्रमुख कार्यपालिका सदस्य वडाअध्यक्ष, विद्यालयका शिक्षकहरुलाई  बाल अधिकार तथा बाल संरक्षण म्बन्धी एक दिने अभिमुखीकरण तथा अन्र्तक्रिया कार्यक्रम सोमबार बुढीगंगा नगरपालिकामा सम्पन्न भएको छ ।  गुड नेवर्स इन्टरनेश्नलका आर्थिक सहयोग तथा बुढीगंगा नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम संचालन गरिएको हो ।
 
नगर प्रमुख दिपक शाहको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सरोकारवालाहरुको सहभागिता रहेको थियो । भने कार्यक्रममा बाल विवाह सम्बन्धीको अभिमुखीकरण गुड नेवर्स इन्टरनेश्नलको सहजीकरणमा गरिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ