अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा पुनः रायमाझी
प्रकाशित २०७५ असोज २ मंगलबार
378
Shares
काठमाडौँ । गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) को भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी)को नयाँ नेतृत्वमा पुनः आलोक रायमाझी चयन भएका छन्। काठमाडौँ सोमबारदेखि शुरु भएको क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनबाट रायमाझीको नेतृत्वमा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो ।
क्रान्तिकारीको महासचिवमा सुन्दर रायमाझी, सचिवमा मनोज यादव, सहसचिवद्वयमा सुस्मिता कुलुङ र कमल बोहरा तथा कोषाध्यक्षमा विनोद सुदाम रहेका छन् । सातवटा प्रदेशमा समेत सात उपाध्यक्षपछि चयन गरिने अध्यक्ष रायमाझीले बताए ।
‘वैज्ञानिक समाजवाद र राष्ट्रियताका लागि २२ सम्मेलन’ भन्ने मूल नाराका साथ दुई दिनसम्म नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको थियो ।
सम्मेलनले सामुदायिक शिक्षाको रक्षा र स्तर उन्नतिका लागि शैक्षिक अभियान सञ्चालन गर्ने निर्णण गरेको छ । शिक्षामा रहेको सामान्तवाद अन्त्यको लागि आन्दोलन गर्ने, राष्ट्रियता र मौलिक शिक्षामा पक्षपोषण गर्ने, शिक्षामा देखिएको निजीकरण तथा व्यापारीकरण अन्त्य गर्न राज्यको दायित्व बोध गराउन दबाब दिने जस्ता प्रस्ताव पारित गरिएको अध्यक्ष रायमाझीले जानकारी गराए ।
सम्मेलनमा ७४ जिल्लाका २५० जना प्रतिनिधिको सहभागिता रहेको थियो ।