arrow

'अाेलीकाे राष्ट्रवाद त जानकी मन्दिरमा माेदीले पूजा गरिरहेकै बेला झल्कि हाल्याे'

राजनीतिक दलका नेता विदेशीको एजेन्ट

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
narendra-modi-oli.jpg

भक्तपुर। नेपाली कांग्रेस बिपीका महामन्त्री पुष्पराज पराजुलीले सत्तामा पुगेका राजनीतिक दलका ठूला नेताहरु कुनै न कुनै देशको एजेन्ट भएको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पराजुलीले नेपाल र नेपालीको हितमा रहेर भन्दा पनि आफूले एजेन्टको भूमिका निर्वाह गरिरहेको देशको हितमा काम गर्ने गरेको आरोप लगाएका हुन् ।

उनले  नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रवाद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्दै नाकाबन्दिको ऋण तिरको बताए ।

मोदि नेपालमा आउँदा जानकी मन्दिरमा मोदीले पुजा गर्दै गर्दा बाहिर कुरेर बस्दाको दृश्यले पनि उनको राष्ट्रवाद प्रष्टाएको बताए  ।
 
नेपाली कांग्रेसले बिपीको सिद्धान्तलाई भूल्दै आफ्नो प्रजातन्त्रवादी छबी गुमाएकाले नयाँ प्रजातान्त्रिक शक्तिको उदय भएको उनले बताए ।

सरकारले कञ्चनपुरमा भएको बालिका बलात्कार घटनाका बिषयमा जसरी आफ्नो शक्तिको प्रदर्शन गर्यो यसले वर्तमान सरकारले छबी प्रष्टाएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ