arrow

अमेरिकाले घटायो कोटा : ३० हजार शरणार्थीलाई शरण दिने तयारी

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
american.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सन् २०१९ मा ३० हजार शरणार्थीहरुलाई शरण दिने निर्णय गरेको छ । सन् २०१८ मा यो संख्या ४५ हजार रहेकोमा आगामी वर्षका लागि यो संख्या घटाइएको हो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आगामी वर्ष शरण माग्नेको संख्या बढेर ३ लाख १० हजार पुग्ने अनुमान गरिएको बताए । उनले प्रशासन केवल ३० हजार शरणार्थीहरुलाई पनि शरण दिने निर्णय गरिएको जानकारी दिए ।

नयाँ मापदण्डअनुसार २ लाख ८० हजार शरणार्थीहरुको विषयमा पनि केही विचार गरिने बताइएको छ । अहिले अमेरिकामा शरण पाउनका लागि निवेदन दिने ८ लाखभन्दा बढी मानिसहरु रहेका छन् । पोम्पेओका अनुसार उनीहरुको प्रक्रिया अझै पूरा भने भइसकेको छैन ।

पोम्पेओले अहिले अमेरिकाले शरणार्थीहरुलाई उच्च जीवनस्तरको सुविधा दिइसकेको दाबी गरे । साथै अमेरिकाको पहिचान पनि एक उदार मुलुकको रुपमा विश्वमा रहेको उनको भनाइ छ । साथै अमेरिका शरणार्थीको मामिलामा संवेदनशील रहेको पनि पोम्पेओले बताए ।

ट्रम्पको शरणार्थीप्रति अनुदार नीतिको यसअघि नै आलोचना हुँदै आएको छ तर ट्रम्प ‘सबैभन्दा पहिला अमेरिका’ भन्ने नारा दोहोर्‍याइरहेक छन् । मध्यावधि निर्वाचनको क्रममा पनि उनले यो मुद्दालाई उठाएका थिए । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ