arrow

नमस्कार नगर्दा वडाध्यक्षको झापड खाएका शिक्षक न्याय मान्दै पुगे नगरपालिका

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
gopal-bista.jpg

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. १० मा अवस्थित भगवति माध्यमिक विद्यालयका शिक्षक गोपाल बिष्टले न्याय पाउँ भन्दै नगरपालिकामा निवेदन पेश गरेका छन ।

 असोज १ गते वडा अध्यक्षको धम्कीपूर्ण त्रासबाट त्रसित भई विद्यालयमा विष्ट उपस्थित छैनन । आफुलाई असुरक्षा तथा खतरा महसुस भएपछि ज्यानको सुरक्षा र मनोवल उच्च हुने गरि न्याय पाउँ भनि नगरपालिकामा निवेदन पेश गरेका छन ।

 असोज १ गते विद्यालयका शिक्षक गोपाल बिष्ट कक्षा ८ को कम्प्युटर बिषय पढाई रहँदा वडा अध्यक्ष पदम अर्याल कक्षामा प्रवेश गरेका थिए । अध्यक्ष अनुगमनमा आएका होलान भनि शिक्षक अध्यापनमा नै केन्द्रीत रहेका थिए ।

कक्षा कोठा घुमेर गएका अध्यक्ष अर्यालले लगत्तै शिक्षक बिष्टलाई कार्यालयमा बोलाएको र शिक्षक बिष्ट कार्यालयमा गई कुर्सीमा बस्न नपाउदै वडा अध्यक्ष अर्यालले तैले मलाई नमस्कार नगर्ने भन्दै हप्काएको निवेदनमा उल्लेख गरिएको छ ।

 पिडित शिक्षक बिष्टले आफूलाई अध्यक्ष अर्यालले तँ सुपेरियर बनेको, तैले के खोजेको भन्दै तल्लो स्तरमा झारेर गाली गरेको निवेदनमा उल्लेख गरेका छन ।

 आफू मौन रहेको अबस्थामा पनि वडा अध्यक्ष अर्यालले यो अरु ठाउँ जस्तो होईन सिमिचौर हो सिमिचौर, ख्याल गर भन्दै धम्की दिएको र शिक्षक बिष्टले केही जबाफ नफर्काइ कुर्सीमा बसेको बिष्टलाई वडा अध्यक्ष अर्यालले कुर्सीबाट उठेर हातपात गर्न खोज्दै तलाई तल पुर्‍याईदिउला यो सिमिचौर हो, बिचार गर भन्दै धम्की दिएको निवेदनमा खुलस्त छ ।

नमस्कार नगरेको भन्दै पढाइरहेका शिक्षकलाई नेकपाका वडा अध्यक्ष अर्यालले गरे हातपातको प्रयास



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ