arrow

बालुवा चाेरीमा घुस खाने १४१ प्रहरीको एकै साथ सरुवा

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
nepal-police-Fn.png.png

काठमाडौं ।  कोटेश्वर र काँडाघारी प्रभागका १४१ प्रहरीको एकै साथ सरुवा गरिएको छ । बालुवा तस्करीसँग मिलेमतो गर्दै पैसा असुली गरेको पाइएपछि महानगरीय प्रहरी परिसर काठमाडौँले दुवै प्रभागका सबै प्रहरीलाई सरुवा गरिएको हो ।

गत शनिबार बालुवा व्यापारीबाट रकम लिँदै गर्दा सात प्रहरीलाई अख्तियारले पक्राउ गरेपछि त्यहाँका सबै प्रहरी सरुवा गरिएको परिसरले जानकारी दिएको छ ।

बालुवा व्यापारीसँग पैसा लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टोलीले भक्तपुरको मध्यपुर थिमि–२ स्थित सानो थिमि प्रभागका प्रहरी इञ्चार्ज र हबल्दार गरी दुई जनालाई पक्राउ गरेपछि यहाँका १९ जना प्रहरीलाई पनि सरुवा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ