arrow

निर्मलाको हत्यारालाई कारबाहीको माग गर्दै कञ्चनपुर कांग्रेसले गर्‍यो प्रदर्शन

logo
प्रकाशित २०७५ असोज २ मंगलबार
Nirmala-Pant.jpg

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्कीका १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यारालाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै नेपाली कांग्रेस कञ्चनपुरले प्रदर्शन गरेको छ ।

भीमदत्तनगर बजारमा प्रदर्शन गर्दै कांग्रेस कञ्चनपुरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई हत्यारालाई कारबाहीको मागसहित ज्ञापन पत्रसमेत बुझाएको छ ।

हत्या भएको ५५ दिन बितिसक्दा पनि वास्तविक हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सचिव दिवाकर पाण्डेयले आफूहरुको मागबारे बेवास्ता गरिए शसक्त आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

 उनले तेस्रो पटक कांग्रेसले ज्ञापनपत्र बुझाएको स्मरण गराउँदै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पेश गर्न आग्रह गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ