arrow

भोकमरीको मारमा यमन : ५२ लाख बालबालिका उच्च जोखिममा 

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
yaman1.jpg

काठमाडौं । यमनमा ५२ लाख बालबालिकाहरु भोकमरीको उच्च जोखिममा रहेको सेभ द चिल्ड्रेनले बताएको छ । पछिल्लो समय बढिरहेको द्वन्द्व र बढ्दो खाद्यान्नको मूल्यको कारण यमनका बालबालिकाहरु जोखिममा रहेको विवरणमा देखिएको हो । 

पछिल्लो समय यमनको मुद्रामा देखिएको व्यापक गिरावटको कारण अत्यधिक महँगी देखिएको हो । यमनमा सन् २०१५ देखि द्वन्द्व चर्किएको हो । त्यतिबेला हुती विद्रोही संगठनले पश्चिमी क्षेत्रमा कब्जा जमाएर राष्ट्रपतिलाई विदेश लखेट्न सफल भएसँगै यो क्षेत्र अशान्त देखिएको हो । इरान, यूएई, साउदी अरब र अन्य सात खाडी मुलुकहरु यमनको सरकारलाई पुनस्र्थापनाको लागि प्रयास गरिरहेका छन् । 

यमनमा युद्ध सुरु भएको दुई वर्षमा खाद्यान्नको मूल्य ६८ प्रतिशतले बढिसकेको छ । साथै यमनी मुद्रा आफ्नो मूल्यको तुलनामा १८० प्रतिशतले कमजोर बन्न पुगेको छ । दुई साताअघि यमनको मुद्रा इतिहासकै सबैभन्दा कमजोर विन्दुमा पुगेको थियो । अझै पनि केही संघर्षहरु जारी रहेको कारण समस्या बढ्नसक्ने बताइँदै आएको छ । 

सेभ द चिल्ड्रेनले यमनका लाखौं बालबालिकाहरुलाई अबको खाना कहिले आइपुग्छ भन्ने थाहा नभएको बताएको छ । एक महिनाअघि सार्वजनिक भएको विवरणअनुसार सन् २०१८ मा अहिलेसम्म सेभ द चिल्ड्रेनले यमनका ४ लाख कुपोषणको शिकार भएका बालबालिकाहरुको उपचार गरेको छ । साथै यो वर्ष सकिनुभन्दा अगाडिसम्म यमनमा ३६ हजार बालबालिकाहरुको ज्यान जानसक्ने चेतावनी दिइएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ