arrow

नयाँ मुलुकी ऐनबारे विशेष छलफल 

logo
रमेश विक
प्रकाशित २०७५ असोज ३ बुधबार
42044331_741917246147184_66755512745590784_n.jpg

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले नयाँ मुलुकी ऐन सम्बन्धि विशेष छ्लफल मङगलबार अर्खाबाङ्गमा सम्पन्न गरेको छ । मालिका गाउँपालिकाको आयोजना तथा जिल्ला सरकारी वकिल को सहजीकरणमा कार्यक्रम भएको हो । 

स्थानीय तहमा पुगेर नयाँ मुलुकी ऐनको बारेमा जनप्रतिनिधिहरुलाई जानकारी गराउँदा आफुहरुलाई सहज हुने भएकोले सहजीकरणमा कार्यक्रम आयोजना गरिएको जिल्ला न्यायधिवक्ता लक्ष्मण उपाध्य घिमिरेले जानकारी दिए । 

समुदायमा व्याक्ति सचेत हुने र आफु दुबिधामा नपर्ने सरकारी वकिलले जानकारी दिएका छन् । मुलुकी ऐनको बारेमा व्यापक छलफल भएको  मानव अधिकार अधिकृत गणेश श्रेष्ठले बताए । 

भर्खरै लागु भएको नयाँ मुलुकी ऐनको बारेमा जानकारी गराइएको थियो । त्यस्तै अब समस्यामा कमी आउने वकिलको भनाइ रहेको थियो । जिल्ला न्यायधिवक्ता घिमिरे  र मानव अधिकार अधिकृत श्रेष्ठले कार्यक्रमको सहजीकरण गरेका थिए । 

नयाँ मुलुकी ऐनको व्यावस्थाका बारेमा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई जानकारी गराइएको, गाउँपालिकाका स्वास्थ्य संयोजक बसन्त भुसालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ