arrow

परमाणु निशस्त्रीकरणका लागि उत्तर कोरिया तयार : दक्षिण कोरिया

logo
प्रकाशित २०७५ असोज ३ बुधबार

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति मून जाइ इनले उत्तर कोरिया परमाणु निशस्त्रीकरणका लागि तयार रहेको बताएका छन् । उत्तर कोरियाको प्योङयोङमा भएको वार्तापछि मूनले यस्तो जानकारी दिएका हुन् । 

वार्तापछि मूनले उत्तर कोरियन नेता किम जोन उन प्रमुख मिसाइल परीक्षणस्थलमध्येको एक बन्द गर्नका लागि तयार भएको जानकारी दिएका हुन् । 

उत्तर कोरियन नेता किमले वार्तापछि यो सम्झौता कोरियन प्रयाद्वीपमा सैन्य शान्तिका लागि निकै ठुलो कदम रहेको बताए । उनले निकट भविष्यमा छिटै नै दक्षिण कोरिया भ्रमण गर्ने बताए । दक्षिण कोरिया जाने उनी पहिलो उत्तर कोरियन नेता हुनेछन् । 

दुई कोरियाको बीचमा रेलमार्गको माध्यमबाट दुई मुलुकलाई जोड्ने, कोरियन युद्धमा बिछोडिएका परिवारहरुको पुनर्मिलन गराउने र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायतका विषयहरुमा पनि सम्झौता भएको छ ।

दुवै मुलुकहरुले सन् २०३२ मा समर ओलम्पिक आयोजना गर्ने विषयमा पनि छलफल गरेका छन् । पछिल्लो समय अमेरिका र दक्षिण कोरियासँग उत्तर कोरियाको लगाताको वार्ता जारी रहेको छ । 

गत महिना अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आशा गरिएअनुसारको उपलब्धि हासिल नभएको भन्दै उत्तर कोरियाको भ्रमण रद्द गरेका थिए तर दक्षिण कोरियन राष्ट्रपतिले भने उत्तर कोरिया निशस्त्रीकरणको लागि तयार रहेको बताएका हुन् । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ