भारतीय दबाबमा अपर कर्णाली सम्झौताको म्याद नथपियोस् : नेकपा
प्रकाशित २०७५ असोज ३ बुधबार
385
Shares
काठमाडौं । ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले जीएमआर कम्पनीसँग भएको अपरकर्णाली सम्झौताको म्याद थप्ने तयारीप्रति आपत्ति प्रकट गरेको छ ।
पार्टीले विज्ञप्ति जारी गर्दै सम्झौताको म्याद थप गर्ने तयारी गरिरहेको भन्ने सार्वजनिक चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको हो ।
विज्ञप्तिमा भनिएको छ, “उक्त सम्झौता नेपालको राष्ट्रिय हित प्रतिकूल भएकाले रद्द गर्न नेपाल कम्युनिष्ट जोडदार माग गर्दछ । भारतीयहरुको दवाबमा यदि नेपाल सरकारले म्याद थप गरेमा देशभक्त नेपाली जनताले त्यसलाई कार्यान्वयन गर्न दिने छैनन भन्ने कुरा समेत पार्टी सचेत गराउँछ ।”