arrow

आयुर्वेदमा नँया साथि पाउनुभयो: डा. शेखर कोइराला

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
shekhar3.jpg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता एवं केन्द्रीय समिति सदस्य डा. शेखर कोइरालाले आयुर्वेद विकासको सन्दर्भमा आयुर्वेद क्षेत्रमा आफू साथि भई काम गर्न तयार रहेको बताएका छन् ।

आयुर्वेद क्याम्पस कीर्तिपुरमा नेपाल विद्यार्थी संघले आयोजना गरेको सम्मान तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै कोइरालाले भने, "आयुर्वेद क्याम्पसको सय वर्ष पुरानो इतिहास छ। यसको विकास हुन नसक्नुको मुख्य कारण सरकारको उपेक्षा नै हो। यस क्याम्पसको विकासको लागी सरकार तथा त्रिभूवन विश्वविद्यालय गम्भिर भई यँहाको भौतिक एवं प्राज्ञिक विकासको लागि यसलाई आयुर्वेद अध्ययन संस्थानको रूपमा स्तरोन्नति गर्नसक्नु पर्छ। आयुर्वेद क्षेत्रको समग्र विकासमा म साथी भई कामगर्न तयार छु। यँहाहरूले आज एउटा नँया साथि पाउनुभयो।"
 
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित भएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरेले आयुर्वेद जस्तो नेपालको मौलिक चिकित्साको उन्नतिको लागि राज्य तयार नभएको देख्दा चिन्ता व्यक्त गरे। "प्रधानमन्त्री सगरमाथाको पानी बेच्ने जस्तो कुरा गर्नुहुन्छ तर सम्भव भएको जडिबुटीहरूको निर्यात गरी सम्बृद्धिको यात्राको विषयमा वंहाको कुनै दृष्टिकोण नै छैन," उनले भने ।

कार्यक्रमका सभापति एवं नेविसंघ आयुर्वेद क्याम्पस इकाईका अध्यक्ष डा. प्रशन्न नेपालद्वारा क्याम्पसको समग्र स्थितिको वर्णन गर्दै त्रिभूवन विश्वविद्यालयद्वारा पटकपटक क्याम्पसको प्राज्ञिक मर्यादा खलबलाउने किसिमको अक्षम्य निर्णय भई क्याम्पसलाई राजनीतिक भर्तीकेन्द्रको रुपमा मात्र सिमित गरिएको दु:ख व्यक्त गरे।

कार्यक्रममा तेस्रो प्रोफेसनलको परीक्षामा सर्वाधिक अंक ल्याई उत्तीर्ण हुन सफल डा. लक्ष्मिता गैँजू तथा प्रथम प्रोफेसनलको परीक्षामा सर्वाधिक अंकल्याई उत्तर्ण हुन सफल सन्दिप कार्कीलाई सम्मान गरिएको थियो।

त्यसैगरी कायक्रममा नेविसंघ आयुर्वेद क्याम्पस एकाईका पूर्व अध्यक्षहरू डा. ऋषिकेशव भुसाल, डा. महेश्वर भट्ट तथा अन्य पदाधिकारीहरूलाई पनि सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ