arrow

सरिफ र छोरी–ज्वाईँको सजाय रोकियो, जेल मुक्त हुँदै    

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
sariff.jpg

एजेन्सी । इस्लामावाद उच्च अदालतले भ्रष्टाचार अभियोगमा दुई महिना अघि जेल परेका पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ ।

तल्लो दालतले सरिफ र उनका छोरी–ज्वाईंलाई दिएको सजाय समेत स्थगित भएको छ । योसँगै सात वर्षको सजाय तोकिएकी छोरी मरियम र ज्वाई सफदार अवान छुट्ने पक्का भएको छ । 

भ्रष्टाचार गरेको ठहर गर्दै अदालतले सरिफलाई १० वर्षको जेल सजाय तोकेको थियो । त्यो फैसलाविरुद्ध सरिफले इस्लामावाद उच्च अदालतमा पुनरावेदन गरेका थिए । उनको पुनरावेदनबारे सुनवाई गर्दै अदालतले तीनै जनालाई छाड्न आदेश दिएको हो ।
सरिफकी धर्मपत्नी कुल्सुम नवाजको एक अघि मात्र लन्डनमा निधन भएको थियो । रावलपिन्डी कारागारमा रहेका सरिफलाई लाहोरमा आयोजित श्रीमतीको अन्त्यष्टिमा सहभागि हुन अन्तरिम रिहाई गरिएको थियो ।

उनी लन्डनमै रहेको सम्पत्तीको स्रोत तथा स्वामित्वलाई लिएर विवादमा फसेका हुन् । सरिफ आरोप अस्वीकार गर्दै आएका छन् । इस्लामावाद अदालतले त्यो सम्पती सरिफसँग सम्बन्धित नभएको निश्कर्ष समेत दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ