arrow

खेमश्वरीको निधन, कांग्रेसद्वारा दु:ख व्यक्त

logo
प्रकाशित २०७५ असोज ३ बुधबार
khem-kumari.JPG

धनकुटा । धनकुटा जिल्ला सहिदभूमी गाउपालिका वडा नं. ६ आखिसल्ला थलथलेबजार निवासी नेपाली कांग्रेस धनकुटाका क्रियाशिल सदस्य जित वहादुर राईकी धर्मपत्नी खेमश्वरी राईको निधन भएको छ ।

नेपाल तरुण दल आखिसल्ला धनकुटाका तरुण नेता विकास राई , विशाल राइ,सरस्वती राईकी ममतामयी आमा खेमश्वरीको बुधबार विहान असमायिक निधन भएको हो । उनको निधनमा नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले शोक वक्तव्य प्रकाशित गरी समवेदना व्यक्त गरेका छन् ।

सो वडामा कांग्रेसमा सक्रिय पूर्वक भूमिका निर्वाह गर्दै आएकी खेवश्वरी राईको असमायिक निधनले नेपाली कांग्रेस धनकुटालाई क्षती पुगेको उल्लेख गर्दै नेपाली कांग्रेस धनकुटाका सचिवले मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजन प्रति हार्दिक समवेदना समेत व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ